मशालका दुई दस्ताबेज प्रकाशित

काठमाडौ । नेकपा (मशाल) को २०७९ आश्विन २७–२९ गते सम्पन्न विशेष महाधिवेशनद्वारा पारित दुई प्रस्तावहरु “गतकालको सिंहावलोकन सम्बन्धी प्रस्ताव” र “जाति, भाषा, धर्म र संस्कृति सम्बन्धी प्रस्ताव” प्रकाशित भएको छ । दुई प्रस्तावलाई एउटै पुस्तकमा राखिएको छ । विशेष महाधिवेशनद्वारा पारित दस्ताबेजहरुको संग्रह तीन पुस्तकहरु– “राजनैतिक दस्ताबेजहरु”, “पार्टीको नीति तथा कार्यक्रम र सङ्गठनात्मक प्रस्ताव” र “विधान” यस भन्दा पहिले नै प्रकाशित भइसकेका छन् ।

अहिले प्रकाशित दस्तावेज ४७ पृष्ठको छ । गतकालको सिंहावलोकन सम्बन्धी प्रस्ताव ९ वटा शीर्षकमा बाँडिएकोछ । नेपालको कम्युनिस्ट आन्दोलनको ७३ वर्षको सकारात्मक पक्ष , नकारात्मक पक्षको संक्षिप्त समीक्षा यस दस्ताबेजमा गरिएको छ । जाति, भाषा, धर्म र संस्कृति सम्बन्धी प्रस्ताव नेकपा (मसाल) को आठौं महाधिवेशनमा प्रस्तुत गर्नका लागि अल्पमत पक्षका तर्फबाट तयार गरिएको थियो । बहुमत पक्षले पनि त्यसलाई स्वीकार गरेको हुनाले सबैको साझा सहमतिको दस्ताबेजका रुपमा आठौं महाधिवेशनमा प्रस्तुत र पारित गरिएको थियो । यसको सान्दर्भिकतालाई मध्येनजर गर्दै विशेष महाधिवेशनबाट सामान्य संशोधन गरी उक्त दस्तावेज पुनः प्रकाशित गरिएको मशाल स्रोतले बताएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित