काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले प्रतिजैविक प्रतिरोध विश्वको स्वास्थ्यको चुनौती भएको जनाएको छ । प्रतिजैविक प्रतिरोधको कारण चिकित्सकीय उपचारमा विश्वभरि समस्या बढिरहेको विश्व स्वास्थ्य संगठनको भनाइ रहेको छ । प्रतिजैविक प्रतिरोधका कारण सानो भन्दा सानो संक्रामक उपचार गर्न पनि चुनौती बढिरहेको बताइएको छ । विश्व स्वास्थ्य संगठका पश्चिम प्रशान्त क्षत्रीय निर्देशक सैया माउ पिउकलाले मंगलबार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । उनले केही वर्ष अघिदेखि आधुनिक चिकित्सामा प्रतिजैवी अर्थात एन्टिवायोटिकहरुको असावधानीपूर्वक प्रयोगले किटाणु ,फङ्गस, प्यारासाइट तथा भाइरसहरुले तिनीहरुलाई पचाइसकेको र उपचारमा प्रभावकारी हुन नसकिरहेको जनाइएको छ । मानिसहरुको मृत्युको एक कारण प्रतिजैवी प्रतिरोध भएको बताउँदै २०१९मा ५० लाखको मृत्यु भएकामा प्रतिजैवी प्रतिरोधका कारण १.५ मिलियनको मृत्यु काम गर्न नसकेर भएको बताइएको छ । पश्चिम प्रशान्त क्षेत्रमा आगामी २०३०को समय सम्म ५.२ मिलियन मानिसहरुको मृत्युको कारण प्रतिजैविक प्रतिरोध हुन सक्ने डब्लु.एज.ओ को रहेको छ । विज्ञप्तिमा प्रतिजैविक प्रतिरोधबाट बच्न सामुहिक ,क्षत्रीय योजनाका साथ कार्य गर्नु पर्ने पनि उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रतिजैविक प्रतिरोधबाट हुने मृत्युलाई २०३० सम्म १० प्रतिशत घटाउने प्रतिबद्धता जनाएको थियो । तर त्यसको कार्यान्वयन स्वास्थ्य क्षेत्रमा हुन सकिरहेको छैन । प्रतिजैविक प्रतिरोध भनेको संक्रमण गराउने सुक्ष्म जीवहरुलाई मार्न प्रयोग गरिने औषधीको अत्यधिक प्रयोग वा दूरोपयोगका कारण औषधीले काम गर्न नसक्ने अवस्था हो ।

