चीनको राष्ट्रपतिमा फेरि सि जिनपिङ

फागुन २६, काठमाडौं । चीनको राष्ट्रपतिमा पुनः सि जिङपिङ निर्वाचित भएका छन् । उनी तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका हुन् । उनी १४ औं जनकांग्रेसको जारी अधिवेशनबाट सर्वसम्मत रुपमा राष्ट्रपति निर्वाचित भएका हुन् ।

झण्डै तीन हजार सदस्य मध्ये उनी एक हुन् । उनी चाइनाको कम्युनिस्ट पार्टीको महासचिव भएको छन् । सेनाको सर्वोच्च कमाण्डर हुँदै दुई कार्यकाल राष्ट्रपति भएका थिए भने पुनः उनी नै राष्ट्रपतिमा निर्वाचित ६९ वर्षीय सि जिङपिङ दक्षिण एसियाकै नेताको रुपमा रहेको विश्लेषकहरु बताउँछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित