बेङ्गलोर । अखिल भारत नेपाली एकता समाजले अस्पतालमा उपचाररत शिशुको उपचारार्थ सहयोग गरेको छ र सहयोगको लागि सबैमा अनुरोध गरेको छ ।
बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा नं २ मल्ला ढिक निवासी हाल शुक्लाफाँटा न पा वाड नं १ बंशाहा कन्चनपुर बस्ने रतन लुहारको जेष्ठ पुत्र वर्ष २१ को हाल भारत बेङ्गलोर को एच एस आरलेवट मा कार्यरत अमिर लुहार र श्रीमतीको साथ बस्दै आउनु भएको थियो श्रीमती जानकी बिक बर्ष २१ को १० अक्टोबर २०२५ का दिन बेङ्गलोर जोन्स म्डिकल कलेज अस्पतालमा शिशुको जन्म दिनुभयो । शिशु जन्मेको कही घण्टा पछि डक्टरले जन्डिस भएको जानकारी गराउन भएको उपचारको लागि ६ लाख सम्म खर्च लाग्ने बताउनुभयो अहिले शिशु अस्पतालको आइसि युमामा हुनुहुन्छ।
समान्य सेकुरिटी गाडको नौकरी गरेर जीवन निर्वाह गरेका परिवारको ६ लाख रुपैयाँ जुटाउन समस्या भएको ले भारत मा रहेका संघसंस्था संगठन र इस्टर मित्र आफन्त समक्ष हारगुहार माग्दै ९ नोभेम्बर २०२५ का दिन अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत लेवट एरिया समितिका अध्यक्ष जयसिंह विक द्वारा बेङ्गलोर दक्षिण नगर समितिमा सहयोगको लागि अपील गरेको थियो ।उक्त अपीललाई मध्यनजर गर्दै अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले कार्यकर्ता बाट चन्दा संकलन गरी रू ७८०० सात हजार आठ सय रू आईसी २३ नोभेम्बर २०२५ का अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव रामसिंह विक को नेतृत्वमा प्रतिनिधि मण्डल पठाएको थियो जसमा केन्द्रीय सदस्य शेरसिंह विक, केन्द्रीय सदस्य गणेश विक, के। स कलावती दयाल,के। स मिना वि क, क्षेत्रिय सदस्य शिव राम बि क क्षेत्रिय सदस्य हिरा ओड, क्षेत्रिय स. बिरेन्द्र बि क बेङ्गलोर दक्षिण नगर समिति सदस्य जय सि ह बि क गणेश बि क नगर सदस्य लवदेव बि क बिस्ना बि क महिला नगर बिभाग कि शान्ति कोली एच यस आर लेवट एरिया समिति कि पार्वती बि। क सहितको प्रतिनिधि मण्डलले पीडित श्रीमती जानकी र उनका श्रीमान अमिर लुहार लाई रू ७८०० ष्अ हस्तान्तरण गरेको छ। सहयोग हस्तान्तरण गर्दै नेता रामसिंह विक अखिल भारत नेपाली एकता समाज १९७९ मा स्थापना भएको संगगठन हो यो संगठनले नेपाली माथि भई परिआउने समस्या र उनिहरू माथि हुने अन्याय अत्याचार बिरूद्ध संघर्ष गर्दै आएको इतिहास दिन को घाम झैं छर्लंग छ त्यति मात्र होइन देशमा हुने प्रजातन्त्रिक आन्दोलन मा समेत टेवा पुर्याउदै आएको छ। भारत स्थित नेपाली मजदुरहरुको अभिभावकिय भूमिका निर्वाह गर्दै लोकप्रिय बन्दै नेपालीहरुका छोरा छोरी लाई नेपाली भाषा साहित्य संस्कृति तथा स्वभिमानी नेपाली भएर बाँच्न सिकाउने ज्ञान दिने काम पनि गरेको छ भन्दै आज भोलि भारतमा विभिन्न प्रकारका संघसंस्था तथा क्लब खोलेर सिधासाधा नेपाली लाई भ्रम पार्ने काम भइरहेको हामीले देखि राखेका छौं। त्यस प्रकारका संघसंस्था धेरै दिन टेक्दैन र त्यस्ले जनताको पक्षमा काम गर्न पनि सक्दैन त्यसकारण अखिल भारत नेपाली एकता समाजको झण्डा मुनी गोलबन्द हौँ र अगामी हुनगइरहेको अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिको १७ औँ नगर सम्मेलन मा सहभागी बनि आर्थिक भौतिक नैतिक सहयोग पुर्याइ बढिभन्दा बढी जनसमुदाय लाई उपस्थित गराउ भन्दै शिशुको स्वास्थ्य लाभको कामना दिँदै अझै आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगका लागि दक्षिण नगर समिति हार्दिक अनुरोध गरिएको छ ।
सहयोग गर्नका लागि तल दिइएको नंवर मा फोन पे गुगुल पे गर्न सकिने पनि अािख भारत नेपाली एकता समाजले जनाएको छ ।सहयोगकालागि सम्पर्क यस बमोजिम छ ।अमीर लुहार 8197638919 ,9945997332


