चेन्नई ।अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समिति अन्तर्गत माउन्टरोड वी एरिया समिति द्वारा संचालित गोपालपुरममा कार्यरत नेपाली मजदूर साथीहरूको बीचमा मोहन सिंह र पूर्ण परियारको पहलमा समाजका केन्द्रीय महासचिव महेन्द्र वस्याल, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगरसमितिका अध्यक्ष उमानन्द आचार्य र क्षेत्रीय सदस्य तुलसा सुवेदीको उपस्थितिमा २३÷११÷२०२५ का दिन सदस्यता वितण तथा प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ। उक्त भेलाले पूर्ण परियारको अध्यक्षतामा १७ सदस्यीय गोपालपुरम वी टोलको गठन गरिएको छ। जस्समा उपाध्यक्ष शान्ती कठरिया, सचिव पदम अवस्ती, सहसचिव मिना चौधरी, कोषाध्यक्ष उमा पुन, सदस्यहरू उजेला परियार, आशा रिजाल, लक्ष्मी खत्री, निर्मला अवस्ती, सोविता नेपाली, कमला परिया, सिता नेपाली, विष्णु परियार, शाराधा परियार, कल्पना बिक, गंगादेवी र भावना देवी रहनु भएको छ।

