राजनैतिक स्थायित्व आवश्यकः राष्ट्रपति पौडेल

फागुन २६, काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा राजनैतिक स्थायीत्व आवश्यक रहेको कुरा बताएका छन् । शुक्रबार विपि संग्राहलय सुन्दरीजल पुगी विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरेर संचारकर्मीहरुसँग कुरा गर्दैै उनले सो कुरा बताएका हुन् ।

राष्ट्रपति पौडेलले समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिर स्थायी बनाउँदै जनताको निराशालाई आशामा परिणत गर्ने कुरामा जोड दिएका थिए । उनले राष्ट्रको उन्नति गर्न राजनीतिक स्थायीत्व नभई असम्भव रहेको कुरा समेत बताएका  थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित