संकट समाधानको उत्तम विकल्प

देशमा राजनैतिक सङ्कट झन गहिरिदै गैरहेको छ । हाम्रो राष्ट्रिय स्वाधीनता यति बेला सङ्कटको भुमरीमा फसिरहेको छ । विशेष गरि जेनजी आन्दोलन पछि देशमा एक जटिल परिस्थिति सिर्जना भएको छ । मुलुकलाई यो सङ्कटको भुमरीबाट निकास दिनका लागि राजनैतिक वृत्तमा तीव्र बहस पनि चलिरहेकै छ । राजनैतिक पार्टीहरुले आआफ्नो दृष्टिकोण र विचार अनुसारका विकल्पहरु प्रस्तुत गरिरहेका छन । पार्टीहरुले अघि सारेका ती विकल्पहरु मध्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अघि सारेको विकल्प नै वस्तुपरक र ठोस स्थितिको ठोस विश्लेषणका आधारमा आएको देखिन्छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशको वर्तमान सङ्कटको सामाधानका लागि राष्ट्रिय जनप्रतिरोध आन्दोलन संचालन गर्नु पर्ने आवश्यकता औल्याएको छ । साम्राज्यवाद र विस्तारवाद विरोधी राजनैतिक दल तथा संगठन र व्यक्ति व्यक्तित्वहरुको राष्ट्रिय सम्मेलन गरेर त्यो सम्मेलनबाट स्वाधीन संयुक्त सरकारको गठननै अहिलेको संकट सामाधानको उपयुक्त विकल्प हुने बताएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले साम्राज्यवाद, विस्तारवाद, प्रतिगमन, यथास्थितिवाद र भ्रष्टाचारका विरुद्ध संघर्षका कार्यक्रमहरु नै संचालन गरिरहेको छ । कार्तिक २३ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको सो पार्टीले कार्तिक २८ गते देशका गाउँ तथा नगरपालिकाहरुमा जनसभा, मङ्सिर १ गते देशव्यापी पर्चा वितरण र मङ्सिर ७ गते देशका मुख्य शहरहरुमा जनसभाका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । संघर्षका कार्यक्रम अन्तर्गत सो पार्टीले मङ्सिर महिनाभरी भ्रष्टाचारका विरुद्ध भण्डाफोर अभियान चलाउने र पौष ११ गते माओ दिवशका दिन केन्द्रीय जनसभा गर्ने घोषणा गरेको छ ।
देशमा यतिबेला सरकारको बागडोरनै साम्राज्यवाद र विस्तारवादका कठपुतलीहरुको हातमा पुगेको कहालिलाग्दो अवस्था छ । भ्रष्टाचार र कुसासनका विरुद्धमा जेनजी पुस्ताले भाद्र २३ बाट जुनआन्दोलनको उठान गरेका थिए त्यो जायज र न्यायपूर्ण थियो । तर त्यो आन्दोलनमाथि तत्कालीन सरकार बर्बर दमनमा उत्रिएर नरसंहार ग¥यो । सरकारको त्यो नरसंहारकारी चरित्रले जनतामा सरकार प्रतिको आक्रोश चुलियो । त्यही जनआक्रोसलाई दुरुपयोग गर्दै साम्राज्यवाद र विस्तारवादका नेपाली एजेण्टहरुले योजनाबद्ध रुपमा भाद्र २४ र २५ मा देशमा विध्वंस मच्चाए । त्यही विध्वंसको जगबाट नै साम्राज्यवाद र विस्तारवादका एजेण्टहरुले शुशिला कार्की नेतृत्वको वर्तमान सरकारको निर्माण गरेका हुन । यो सरकारको निर्माण नै साम्राज्यवादी तथा विस्तारवादी योजना र स्वार्थपूर्तिका लागि गरिएको प्रष्ट छ । यसर्थ यो सरकार रहँदासम्म देशको राष्ट्रियता र स्वाधीनता माथिको सड्ढट र खतरा झनै चुलिदै जाने निश्चित छ ।
जेनजी पुस्ताले भ्रष्टाचारका विरुद्धमा र सुशासनका पक्षमा जुन मागहरु उठाएका छन् ती पूरा गर्ने यो सरकारको उद्देश्य नै होइन । उसको उद्देश्य त साम्राज्यवादी र विस्तारवादी स्वार्थ पूरा गर्नु हो । यही व्यवस्था र यहि संविधान रहँदासम्म ती मागहरु सम्पूर्ण रुपमा पूरा हुने परिकल्पना नै गर्न सकिँदैन । यो व्यवस्था स्वयं नै भ्रष्टाचार, राष्ट्रघात र कुशासन उत्पादन गर्ने मुख्य कारखाना हो । यो व्यवस्था रहँदासम्म देशमा यस प्रकारका समस्याहरु नयाँ नयाँ रुपमा आइनैरहन्छन् । यसर्थ यहि व्यवस्था र उहीँ शैलीको चुनावबाट देशमा विद्यमान सङ्कट सामाधान हुन सक्दैन । यतिबेला देशको स्वाधीनताको रक्षा प्रमुख विषय हो । देशको स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि यो सरकारको विघटन हुनु अनिवार्य छ । देशको स्वाधीनता बचाउने एजेन्डा नै अहिले हरेक राजनैतिक दलको मुख्य प्राथामिकतामा पर्नु पर्छ । देश बच्यो भने मात्रै यहाँ राजनैतिक दलहरुले प्रतिस्पर्धा गर्न पाउने हुन, नत्र कहाँ गर्ने ? त्यसकारण साम्राज्यवाद र विस्तारवाद विरोधी हरेक देशभक्त नेपालीहरु, प्रगतिशील र जनतान्त्रिक शक्तिहरु, राजनैतिक दलहरु र संघ ÷ सङ्गठनहरु अब गम्भीर बन्नु पर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले “स्वाधिन संयुक्त सरकार” को जुन रोडम्याप अघि सारेको छ यो नै अहिलेको सङ्कट सामाधानको उचित र उत्तम विकल्प देखिन्छ । देशको स्वाधीनता जोगाउन चाहाने हरेक राजनैतिक दल र संघ सङ्गठनहरु अब त्यही रोडम्यापबाट अघि बढ्नु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित