पुरुष र खस आर्य उपराष्ट्रपति उम्मेदवार बन्न पाउँदैनन् : निर्वाचन आयोग

काठमाडौं । पुरुष र खस आर्य उपराष्ट्रपतिमा उम्मेदवार बन्न नपाउने कुरा निर्वाचन आयोगले बताएको छ । यो भन्दा फरक लिंग र समुदायको मात्र उम्मेदवारी दर्ता गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । फरक जातजाति वा पार्टीबाट निर्वाचित गर्नु परेमा पुरुष नै पनि उपराष्ट्रपति बन्न सक्ने भन्ने धारणाहरु आइरहेका बेला निर्वाचन आयोगले सो निर्णय गरेको हो ।

नेपालको संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग र समुदायको हुने व्यवस्था छ । संविधान बमोजिम राष्ट्रपति पुरुष खस आर्यबाट प्रतिनिधित्व भएकोमा, उपराष्ट्रपति फरक समुदाय र फरक लिंगको हुनुपर्ने व्यवस्था अनुसार हुनुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गतेलाई तोकिएको छ भने उपराष्ट्रपतिको मनोनय दर्ता भएको छैन । फागुन २७ गते उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले जनाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित