काठमाण्डौ । सन् २०२४ मा ८३ हजार महिलाको हत्या भएको एक प्रतिवेदनले जनाएको छ । महिला हिंसा आफन्ती र जीवन साथीबाट नै भएको छ ।
संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध कार्यालयले २०२५को महिला हिंसा उन्मूलन सम्बन्धी दिवशको अवसरमा प्रकाशित २०२४ को महिला हत्यासम्बन्धी प्रतिवेदनले सो कुरा औंल्याएको हो । प्रतिवेदनका अनुसार २०२४ मा मात्रै संसारभर ८३ हजार महिलाहरुको हत्या भएकोमा ६० प्रतिशत हत्या आफन्ती र जीवनसाथीबाट नै भएको छ । विश्वमा प्रत्येक १० मिनेटमा १३७ जना महिलाहरुको हत्या हुने गरेको छ । महिला हत्यालाई सुरक्षा, प्रहरीको उत्तरदायित्व र सामाजिक सहयोगले रोक्न सकिने खालको हुँदा हुँदै पनि रोक्न असफल भएको देखाइएको छ । आर्थिक अस्थिरता,द्वन्द्व ,जबरजस्ती विस्थापनका कारण महिला हिंसालाई बढावा दिइरहेको विशषेज्ञहरुको धारणा रहेको छ ,कतिपय अवस्थामा घर नै महिलाहरुलाई असुरक्षित रहेको छ । कमजोर तथ्याङक संकलन, हिंसापीडितहरुले बताउन नचाहने कारण तथ्याङक कम हुने गर्दछ ।
२०२४ मा ८३ हजार महिलाको हत्या
Comments

