काठमाडौं । टस जितेर ब्याटिङ रोजेको PNG ले UAE लाई २३५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा चलिरहेको आइसिसी पुरुष विश्वकप डिभिजन लिग–२ अन्तर्गत अहिले UAE र PNG बीच प्रतिस्पर्धा चलिरहेको छ । पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २३४ बनायो ।
पिएनजीका लागि कप्तान असद भालाले ६५, नर्मन भानुले ४९ र रिले हेकुरेले ३३ रन बनाए । ३१ बल खेलेका नर्मन अविजित रहे । उनले पाँच छक्का र एक चौका प्रहार गरेका थिए । यस्तै, छैटौँ विकेट गुमेपछि आएका हेकुरेले २२ बलमा ३३ रन बनाएका थिए ।
नेपाल र युएईको बिच अन्तिम खेल भोलि हुनेछ ।
Comments