मंसिर २१, २०८२ आइतबार
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको पुनर्मिलन कार्यक्रमका बीच आज मंसिर २१ गते पिपुल फोर्स नेतृत्वका कमरेडहरु क. भिमबहादुर नेउपाने, क.उत्सुक कट्टेल, क. पवन खबास र क.आकाश बिक लगायत सबै नेपाल कम्युनिष्ट पार्टीका आवद्ध हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सम्पर्क कार्यालय नयाँ ठिमीमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. लोकनारायण सुबेदीले कम्युनिष्ट आन्दोलनप्रति निष्ठाबान, चत्रिबान र समर्पित क्रान्तिकारी कमरेडहरु जो जहाँ भए पनि एकताबद्ध हुनु आजको राष्ट्रिय परिस्थितिको माग हो भन्ने कुरामा जोड दिदै कमरेड पुष्पलालले नेपाली श्रमजीवी जनताको मुक्ति र प्रगतिका लागि लिएको क्रान्तिकारी बिचार, सिद्धान्त र नीतिको वरीपरी गोलबन्द भएर सिद्धान्तनिष्ठ, अनुशासित र संघर्षशील पार्टी निर्माण गर्नु र साम्राज्यबादी बाह्य हस्तक्षेप, प्रतिगमन र यथास्थितिबादका बिरुद्ध संघर्षका हरेक मोर्चामा खडा हुनु अपरिहार्य बनिरहेको स्थितिमा यसरी पार्टीमा यूवाहरु सम्मिलित हुनु उत्साहजनक र उर्जाबान कुरा हो भन्नु हुँदै पार्टीमा सम्मिलित कामरेडहरुलाई स्वागत गर्दै क्रान्तिकारी दिशामा निरन्तर लागिरहन शुभकामना दिनु भयो ।
कार्यक्रममा बोल्दै पार्टीमा समाहीत हुनु भएको पिपुल फोर्स नेपालका अध्यक्ष भिमबहादुर नेउपानेले कम्युनिष्ट आन्दोलनका बिभिन्न पार्टीका नेताहरुले आम जनता र खाशगरी यूवा शक्तिलाई गुमराहमा राखेर अल्मल्याउने र फाइदा उठाउने गरेको तीतो अनुभव सुनाउनु हुँदे केवल टेलिभिजनमा बिरोधको गफ चुटेर र कोठे गाफाडी भएर कोही पनि क्रान्तिकारी बन्न सक्तैन । श्रमजीवी जनतलाई जागाउन, उठाउन र सचेततापूर्बक संघर्षमा लाग्न साच्चै क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ता र सही नेता चाहिन्छ । त्यसैले हामी नेपाल कम्युनिष्ट पार्टीमा समहित भएर देश र जनताको लागि काम गर्न अग्रसर भएका हौं भन्नु भयो ।
पुनर्मिलन कार्यक्रमा सम्मिलित भएर नेपाल कम्युनिष्ट पार्टीलाई अघि बढाउन अग्रसर हुनु भएका कमरेडहरुलाई स्वागत अभिबादन गर्दै र कार्य सफलताको निम्ति बधाई तथा शुभकामना दिदै नेपाल कम्युनिष्ट पार्टी सबै सच्चा क्रान्तिकारीहरुलाई समेट्ने बिचार र नीति र ठूलो छाती लिएर अघि बढेकोले नै एक पछि अर्को क्रान्तिकारी कम्युनिष्ट पार्टी र ब्यक्ति ब्यक्तित्वहरु नेपाल कम्युनिष्ट पार्टीमा सम्मिलित हुँदै आउनु भएको कुरा उल्लेख गर्नु हुँदै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य कमरेड नारायण शर्माले आजको संगीन घडीमा क्रान्तिकारीहरुको एकता सर्बोपरी आवश्यकता छ भन्ने कुरालाई आत्मसात गरेर हाम्रो पार्टी निरन्तर एकता, ध्रुबीकरण, सहकार्य र कार्यगत एकताको लागि पहल र प्रयत्न गर्दै आइरहेको र आजको एकता पनि त्यसै पहलको परिणती हो भन्ने यथार्थ औंल्याउनु भयो । उहाँले सचिवालय सदस्य क. शरण बिक्रम मल्ल्को संयोजकतत्वमा बनेको पाँच सदस्यी बार्ता समितिले निरन्तर बार्ता प्रयास गर्दै र पार्टी नेताहरुको समेत साथ लिदै एक पछि अर्को एकता प्रकृया सफल तुल्याएकोमा बार्ता समितिलाई पनि धन्यबाद ज्ञापन गर्नु भयो ।
पुनर्मिलन कार्यक्रममा उपस्थिति सबैलाई स्वागत अभिवादन गर्नु हुदै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा बार्ता समितिका संयोजक कमरेड शरण बिक्रम मल्लले कमरेड पुष्पलालको क्रान्तिकारी मार्गदर्शन, बिचार सिद्धान्त र नीतिका वरिपरी गोलन्द भएर अघि बढ्न सकेमा मात्र देश र श्रमजीवी जनताका समस्या हल भएर समतामुलक समाजको बाटोमा अघि बढ्न सकिन्छ र नयाँ जनबाद हुँदै बैज्ञानिक समाजबादमा प्रवेश गर्न सकिन्छ भन्ने बिश्वास लिएका सबै क्रान्तिकारीहरु बृहत्तर कम्युनिष्ट एकताको बाटोमा आउने बिश्वास ब्यक्त गर्दै पिपुल फोर्सका पार्टीका आबद्ध हुन आएका सबै कमरेडहरुलाई आफ्नो जाँगर, सीप बल बुद्धी पार्टीमा लगाउन आह्वान गर्न जोडदार आग्ह गर्नु भयो ।
पार्टीका सचिवालय सदस्य तथा बुद्धिजी कमरेड त्रय युवाराज नास्तिक, महदीप पोखरेल तथा भूमि देबकोटाहरुले पनि पार्टीले यूवा पंक्तिलाई जन संघष,उत्पादन संघर्ष र सैद्धान्ति संघर्षमा निपुणताकासाथ अघि बढाउन सकेमा मात्र कम्युनिष्टको खोल ओडेर कम्युनिष्ट आन्दोलनलाई भ्रमित तुल्याउन लागि परेकाहरुबाट यो आन्दोलनलाई मुक्त गरेर सही दिशा दिन सकिन्छ भन्ने महत्वपूर्ण बिचार ब्यक्त गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यालय प्रमुख क. मुकुन्द आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा पिपुल्स फोर्सका यूवा नेता उत्सुक कट्टेल पनि बोल्नु हुँदै नेपाल कम्युनिष्ट पार्टीले यूवाहरुलाई उत्पादन र आन्दोलन सरिक गराउने कार्यक्रम ल्याएर यो अन्दोलनलाई आत्म निर्भर र क्रान्तिकारी तुल्याउन आवश्यक छ भन्ने कुरा राख्नु भयो ।

