माओ जयन्तीका अवसरमा पौष ११ गते राष्ट्रिय किसान भेला हुने

 

चौडण्डीगढी,उदयपुर । कमरेड माओको १३२औं जन्म जयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय किसान भेला गर्ने भएको छ । यसै शिलशिलमा “नेपाल कम्युनिष्ट पार्टी,किसान संघ“ राष्ट्रिय अभियानमा हिजो उदयपुरको चौदण्डीगढी–न.पा.–६ भुल्केमा सम्पन्न भयो । नेपाल प्रगतिशील किसान संघ राष्ट्रिय भेला आयोजक समितिको बैठक किसान संघका संयोजक कमरेड रामदुलार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।बैठकले राष्ट्रिय किसान भेला सम्पन्न गर्न किसान नेता क.गणेश बहादुर खडकाको संयोजकत्वमा १५ सदस्यीय मूल व्यबस्थापन समिती गठ्न गरेको छ। अखिल नेपाल प्रगतिशील किसान संघको राष्ट्रिय भेलाको उदघाट्न कार्यक्रम उदयपुरको चौदण्डीगढी न.पा.–४ बसाहा बर्खेडाडामा १३२औं माओ जयन्तीको अवसरमा सम्पन्न गर्ने निर्णय भएको छ।ऐतिहासिक किसानको एकता राष्ट्रिय भेलाको उदघाटन नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले गर्नु हुने निर्णय बैठकले गरेको छ। बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं सङ्गठन विभाग प्रमुख कमरेड लक्ष्मण उप्रेती,पार्टीका आदरणीय वरिष्ठ नेता सचिवालय सदस्य तथा कोशी प्रदेश इञ्चार्ज भिम प्रसाद सेढाई,पार्टीका वरिष्ठ सचिवालय सद्स्य भिम कुमार वान्तवा,पार्टीका सचिवालय सद्स्य एवं युवा मोर्चा इन्चार्ज तथा आर्थिक बिभाग प्रमुख क.अन्कुल कुमार राउत,पार्टीका सचिवालय सद्स्यहरु राजन साह,ठाकुर खपाङ्गी,पार्टीका केन्द्रीय सदस्य एवं किसान नेता प्रेम कुमार दनुवारलगायतको बैठकमा विशेष उपस्थिति रहेको थियो। यही सन्दर्भमा पार्टीको उदयपुर जिल्ला पार्टी र एकता भेला २०८२ पौष ३ गते गाइघाटमा सम्पन्न हुने हुदा उक्त पार्टीको जिल्ला एकता भेलालाई भब्य बनाइ सम्पन्न गर्न किसान संघले सहयोग गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी,किसानसङ्ग “राष्ट्रिय अभियन अन्तरगत रौतहटमा पनि.नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सद्स्य एवं संगठन बिभाग प्रमुख क. लक्ष्मण उप्रेती,सचिवालय सदस्य एवं अखिल नेपाल प्रगतिशील किसान संघका संयोजक, पार्टीका मधेस प्रदेश इन्चार्ज क. रामदुलार महतो,सचिवालय सदस्य एवं मधेश प्रदेश सेक्रेटरी क. राजन साह र पार्टी केन्द्रीय सदस्य एवं रौतहट संयोजक क.धर्मेन्द्र चौधरीको बिशेष उपस्थितिमा “नेकपा किसानसंघ “ राष्ट्रिय अभियान कार्यक्रम रौतहटको गुजरा न.पा.–९ अम्तवामा सम्पन्न भयो।
सो कार्यक्रमले १५ सद्स्यीय अखिल नेपाल प्रगतिशील किसान संघको जिल्ला संगठन समिति निर्माण गरेको छ।जसको संयोजकमा राम अवतार साह र सह–संयोजकमा शिव नारायण चौधरी रहनु भएको छ। पौष ११ गते उदयपुर चौडण्डीगढी नगरपालिका वर्षे डाडामा हुने राष्ट्रिय किसान भेला सफल पार्न कम्युनिष्ट पार्टी किसानसँग अभियान जारी रहेको छ ।
सैगरी यस अघि कपिलबस्तु, रूपन्देही, चित्तवन, पर्सा र बारा जिल्लाहरूमा पनि किसान भेला, किसानसँग भेटघाट र किसान कमिटी निर्माण गर्ने र राष्ट्रिय भेलामा सहभागी हुने निर्णयहरू भएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित