अखिल ( क्रान्तिकारी) ले उपकुलपति अर्यालसँग विश्वविद्यालय सुधारका माग राख्यो

 

काठमाडौं । अखिल ( क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति दिपक अर्यालसँग विश्वविद्यालय सुधारका माग राखेकोे छ । अखिल ( क्रान्तिकारी) का संयोजक महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मंसिर २३ गते उपकुलपति अर्यालसँग भेटघाट गरेको हो । प्रतिनिधि मण्डलमा अखिल ( क्रान्तिकारी) का   कार्यालय सदस्य नेत्र बहादुर शाही,कार्यालय सदस्य नविन खडका लगायतका विद्यार्थी नेताहरु हुनुहुन्थ्यो । त्रि.वि.ले पठनपाठनको गुणस्तरीयता खस्कीएकाले सुधार गर्नु पर्ने,भौतिक संरचना अस्तव्यस्त भएकाले संरक्षण गरिनु पर्ने,ल्याबहरुलाई व्यवस्थितरुपले सञ्चालन गर्नु पर्ने, विश्वविद्यालयलाई राजनीतिकरण,गुण्डागर्दी, कार्यकर्ता भर्तिकेन्द्र हुनबाट रोक्नु पर्ने,परीक्षा समयमै लिने र नतिजा समयमै प्रकाशित गर्नु पर्ने, त्रि. वि.को अतिक्रमित जग्गा विश्वविद्यालयको नाममा सुनिस्चित गर्नु पर्ने, कर्मचारीको ढिलासुस्ति अन्त्य गरी सेवाग्राहीलाई छिटोछरितो सेवाप्रवाह गर्नु पर्ने लगायतका विषयमा प्रतिनिधिमण्डलले उपकुलपतिलाई ध्यान आकर्षण गराएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित