मशाल सम्बद्ध तीन जनवर्गीय संगठनको संयुक्त राष्ट्रिय भेला

काठमाडौं । नेकपा (मशाल) सम्बद्ध तीनवटा जनवर्गीय संगठनहरु अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक), अखिल नेपाल किसान महासंघ, तथा अखिल नेपाल युवक संघको संयुक्त भेला यही फागुन २७ गते नवलपुरमा सम्पन्न भएको छ । भेलाबाट नवनिर्वाचित समिति, पारित प्रतिवेदन र भेला पश्चात् नवगठित समितिले गरेका निर्णयहरुका विषयमा तीनवटै जनवर्गीय संगठनहरुका अध्यक्षहरुले छुट्टाछुट्टै वक्तव्य प्रकाशित गरी जानकारी गराएका छन् ।

नवगठित अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) का अध्यक्ष नारायण सापकोटाले २०७९ फागुन २८ गते एक प्रेस वक्तव्य जारी गरेका छन् । जारी वक्तव्यमा अगाडि भनिएको छ–“अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) को राष्ट्रिय भेला २०७९ फागुन २७ गते नवलपुरमा सम्पन्न भएको छ । भेलाले गरेका निर्णयहरु सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (मशाल) निकट ३  जनवर्गीय संगठनको संयुक्त राष्ट्रिय भेलाको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिव क. सन्तबहादुर नेपालीले गर्नु भएको थियो । भेलाको अध्यक्षता अखिल नेपाल टे«ड युनियन महासंघका पूर्व महासचिव तथा अखिल नेपाल किसान महासंघका संयोजक क. चिन्तामणि पौडेलले र संचालन अखिल नेपाल युवक संघका संयोजक क. जितामित्र सुनारले गर्नु भएको थियो भने अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का पूर्व अध्यक्ष नारायण सापकोटाले स्वागत गर्नु भएको थियो । भेला सफलताको शुभकामना दिने वक्ताहरुमा प्रमुख अतिथि नेकपा (मशाल) का महासचिव क. सन्तबहादुर नेपाली, पिविएम  क. कृष्णराज पौडेल, प्रवक्ता क. रामबहादुर बुढा, के.स. क.शशिधर भण्डारी,  अखिल नेपाल शिक्षक संघका संयोजक नरेन्द्रबहादुर थापा, अखिल (छैटौं) का संयोजक दिपक पौडेल, अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल हुनुहुन्थ्यो । वक्ताहरुले कम्युनिस्ट आन्दोलनमा आएको दक्षिणपन्थी हावा र आत्मसमर्पणवादी प्रवृत्तिको विरुद्ध संघर्ष गरी क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अघि बढाउन वर्गसंघर्षको टुटेको कडीलाई जोड्नुपर्नेमा जोड दिंदै जनवादी क्रान्तिको सफलताले मात्र मजदुर र किसान एवं सम्पूर्ण उत्पीडित जनताको मुक्ति हुने र राष्ट्रिय स्वाधिनताको पनि रक्षा हुने बताउनुभयो ।

भेलामा महासंघका पूर्व अध्यक्ष नारायण सापकोटाले संगठनको संक्षिप्त रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । भेलाले नारायण सापकोटाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय  समितिको निर्वाचन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरु हिमलाल वाग्ले, गोपाल नेपाली, रामबाबु शाह, महासचिव गौरीलाल कार्की, सचिव दयाराम खनाल, कोषाध्यक्ष रामप्रसाद आचार्य, सदस्यहरु ओविराम घर्ती, रामहरी धिताल, दीप खड्का, कमल ढकाल, माधवनाथ तिवारी, रोम मरासिनी, टेकहरि न्यौपाने, कृष्ण के.सी., खेमराज भट्टराई, तिलक बुढामगर, रामदत्त जोशी, अर्जुन शर्मा, राधाकृष्ण आचार्य हुनुहुन्छ ।

भेलाले जिल्लाहरुमा भेला गर्ने सदस्यता वितरण, श्रमिकका अधिकारका पक्षमा संघर्षका कार्यक्रम अगाडि बढाउने लगायतका निर्णयहरु गरेको छ ।”

यसैगरी अखिल नेपाल किसान महासंघका अध्यक्ष चिन्तामणि शर्माले पनि २०७९ फागुन ३० गते वक्तव्य जारी गरेका छन् । जारी वक्तव्यमा अगाडि भनिएको छ “अखिल नेपाल किसान महासघ को राष्ट्रिय  भेला  गण्डकी  प्रदेशको  नवलपुर जिल्लामा भव्य एवं शानदार रुपमा सम्पन्न भएको छ ।

१) भेलाको उद्घाटन  नेकपा (मशाल) का महासचिव क. सन्तबहादुर नेपालीले गर्नु भयो । चिन्तामणि पौडेलको अध्यक्षता, जितामित्र सुनारको संचालन, नारायण सापकोटाद्वारा स्वागत मन्तव्यमा भएको कार्यक्रममा शहिद प्रति १ मिनेट मौनधारण गरी श्रद्धाञ्जलीद्वारा सम्मान गरिएको थियो ।

भेलालाई सफलताको शुभकामना मन्तव्य नेकपा (मशाल) का पिबिएम क. कृष्णराज पौडेल, पार्टीका केन्द्रीय प्रवक्ता क. रामब. बुढा, वामपन्थी नेता विमल शर्मा, नेकपा (मशाल) का केन्द्रीय सदस्य क. शशिधर भण्डारी, अखिल  नेपाल  शिक्षक  संघका संयोजक नरेन्द्रबहादुर थापा, अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल, अखिल (छैटौं) का केन्द्रीय संयोजक दिपक पौडेल हुनुहुन्थ्यो । भेलाको बन्दसत्रलाई निरन्तर अगाडि बढाइ घोषणापत्र र विधान  मस्यौदा प्रस्तुत र व्यापक छलफल सहित पारित गरिएको थियो । बन्दसत्रमा संगठनको नाम र प्यानल प्रस्तुत गरी छलफल सहित संगठनको नाम अखिल नेपाल किसान महासघ र केन्द्रीय सदस्यको संख्या प्रस्तुत भै पारित गरिएको थियो ।

भेलाले चिन्तामणि पौडेलको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय नेतृत्व निर्वाचित गरेको छ । समितिमा क्रमशः अध्यक्ष चिन्तामणि पौडेल (काठमाडांै), उपाध्यक्ष कृष्ण केसी (अर्घाखाँची), महासचिव वीरब. पुन (प्युठान) सचिव गुणनीधि आचार्य (बाँके), कोषाध्यक्ष  शशिराम बुढाथोकी (दाङ),  सदस्यहरु मन ब. श्रीस (बागलुङ),  लेखनाथ पौडेल (नवलपुर), बालकृष्ण सुवेदी (सुनसरी), केशब चालिसे र चन्द्रबहादुर केसी (दाङ), बिसन बिक (कास्की),  प्रकाश ऐर (डडेल्धुरा), तपसी चौधरी (पर्सा), महेश थपलिया (बारा), ज्ञान प्रकाश भुसाल (अर्घाखाँची),  सन्तोष राई (झापा), धर्मराज बस्नेत (सुनसरी) यामप्रसाद शर्मा (काठमाडौं), गङ्गाधर पौडेल (रुपन्देही), गङ्गाराम आचार्य  (नबलपुर) रहनु भएको छ । पदाधिकारी रहेको छ सदस्यीय सचिवालय र अध्यक्ष र महासचिव रहेको कार्यालय निर्माण गरेको छ । नवनिर्वाचित समितिका अध्यक्षद्वारा प्रतिबद्धता र समितिलाई बधाई दिनु हुनेमा नेकपा (मशाल) का प्रवक्ता राम ब. बुढा,  नेकपा  (मशाल) काठमाडौंका प्रवक्ता बलिभद्र शर्मा, डिल्लीप्रसाद शर्मा, उमानन्द कँडेलले बधाई तथा कार्य सफलताको शुभकामना दिनु भएको थियो ।

२) भेला पश्चात् बसेको बैठकले राज्यद्वारा विदेशबाट आयात गरेको तरकारी परीक्षण गर्न नपर्ने नीति लिइ नेपाली नागरिकलाई विषादी सहितको तरकारी खान बाध्य बनाउने गैरजिम्मेवार र विदेशीको दलालीको निन्दा  र भत्र्सना गर्दै खाद्य  सुरक्षाको ग्यारेन्टी गर्न किसानलाई मल बिउ र कृषिजन्य बस्तुको सहज उपलब्धता र बिक्री वितरणको ब्यबस्था मिलाउन कृषकद्वारा उत्पादित बस्तुमा बिचौलियाको अन्त्य गर्न आयातमुखी होइन निर्यातमूखी उत्पादनमा राज्यको मुख्य दायित्व हुनुपर्ने कुरामा जोड दिन र दलाल अर्थतन्त्रको अन्त्यका लागि आन्दोलनमा सहभागी हुन आम किसानहरुमा अपील गर्ने निर्णय गरेको छ ।

४) बैठकले देशको वर्तमान राजनीति प्रति गम्भीर समीक्षा गर्दै राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जनजीविकामा गम्भीर संकट उत्पन्न  भएको  र अमेरिकी साम्राज्यवाद,  भारतीय विस्तारवाद र उनीहरुद्वारा पालित पोषित देशीय प्रतिक्रियावादीहरुले नेपाली जनतामाथि गरेको राष्ट्रघात जनघातका विरुद्ध संघर्षमा जुट्न अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै बैंक तथा वित्तिय संस्था मुख्यतः लघुवित्तद्वारा गरिएको चरम शोषण देशैभरी मुख्यतः तराई  मधेसमा मिटर ब्याजीहरुबाट जनतामाथि भैरहेको अन्याय, अत्यचार, शोषण, दमनका विरुद्ध सडकमा भैरहेका आन्दोलन प्रति एक्येबद्धता जाहेर गर्दै आम न्यायप्रेमी जनसमुदायलाई आन्दोलनमा सहभागिताका लागि अनुरोध गर्दै आन्दोलनमा लाग्ने निर्णय गरेको छ ।”

यस्तैगरी अखिल नेपाल युवक संघका अध्यक्ष जितामित्र सुनारले २०७९ फागुन २९ गते जारी वक्तव्यमा अगाडि भनिएको छ–“२०७९ फागुन २७ र २८ गते गण्डकी प्रदेशको नवलपुरमा अखिल नेपाल किसान महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) र अखिल नेपाल युवक संघको संयुक्त राष्ट्रिय भेला सम्पन्न भएको छ । उक्त संयुक्त राष्ट्रिय भेलाले अखिल नेपाल युवक संघको बारेमा गरेका निर्णयलाई सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. भेलाले जितामित्र सुनार (प्युठान)को  अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल युवक संघको केन्द्रीय संगठन  समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा क्रमशः विक्रम थापा (कास्की), शिव फुयाल (झापा) र राजेन्द्र नेपाली (अर्घाखाँची) । महासचिवमा  बाबुराम आचार्य (रुपन्देही), सचिवमा क्रमशः सागर भण्डारी (काठमाण्डौ) र शरद लामिछाने (बाँके), कोषाध्यक्षमा खुम राना (चितवन) र सदस्यहरुमा सागर कुँवर (कास्की), योगेन्द्र पौडेल (नवलपुर), मंगल घर्ती (दाङ), गोकर्ण कुमाल (अर्घाखाँची), लालसिहं मल्ल (नवलपुर) अर्जुन शर्मा (रुपन्देही), हिरा पुन (बागलुङ), कुमार थापा (बागलुङ), दलजित ऐर (डडेल्धुरा), दिपक गुरुङ (कास्की), सिमा नेपाली (काठमाडौ) आशिष जवेगु (इलाम), याम पुन (बाग्लुङ), पुरुषोत्तम काफ्ले (झापा), घनश्याम पोखरेल कपिलवस्तु), सन्देस पौडेल (नवलपुर) हेम नाथ (डडेल्धुरा) रहेका छन् ।

२.भेलालाई नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिव सन्त बहादुर नेपालीले उद्घाटन गर्नुका साथै शुभकामना मन्तव्य राख्नु भएको थियो । भेलाको सफलताको शुभकामना दिने अन्य अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) का पोलिटब्युरो सदस्य कृष्णराज पौडेल, नेपाल कम्युनिष्ट पार्टी (मशाल)का केन्द्रीय सदस्य  शशिधर भण्डारी, नेपाल कम्युनिस्ट पार्टी  (मशाल) का केन्द्रीय प्रवक्ता राम बहादुर बुढा, अखिल नेपाल शिक्षक सघंका संयोजक नरेन्द्र बहादुर थापा, अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बश्याल, अ.ने.रा.स्व.बि.यू. (छैटौं) का केन्द्रीय संयोजक दिपक पौडेलले भेला सफलताको शुभकामना दिनु भएको थियो।

उक्त संयुक्त राष्ट्रिय भेलाको अध्यक्षता अखिल नेपाल किसान महासंघका संयोजक कमरेड चिन्तामणी पौडेल, स्वागत अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का संयोजक कमरेड नारायण सापकोटाले र सन्चालन अखिल नेपाल युवक संघका संयोजक कमरेड जितामित्र सुनारले गर्नु भएको थिए ।

३. भेलाले युवक संघको क्रान्तिकारी एवं ऐतिहासिक पृष्ठभुमिको जगमा रहेर नेपालको युवा आन्दोलनलाई सही क्रान्तिकारी बाटोमा नेतृत्व प्रदान गर्दै, नेपाली युवाहरुको पक्षमा आन्दोलनलाई केन्द्रित गर्ने  र हाम्रो पार्टी नेपाल कम्यूनिष्ट पार्टी (मशाल)को नेतृत्वमा हुने हरेक प्रकारका आन्दोलन तथा कार्यक्रममा अग्रमोर्चामा रहेर डट्ने विषयमा जोड दिएको छ ।

४.राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्दै सबै खाले सार्वभौम अखण्डताको विरुद्धमा  हुने वैदेशिक हस्तक्षेप र एमसीसी, एसपीपीका विरुद्ध संघर्ष गर्ने । महंगी, भ्रष्टाचार, कालोबजारी र लघुवित्तीय आतंक तथा मिटर ब्याजको विरुद्धमा संघर्ष गर्ने र न्यायप्रेमी नेपाली युवाहरुको प्रिय संगठनको रुपमा अखिल नेपाल युवक संघलाई स्थापित गर्र्ने निर्णय गरेको छ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित