काठमाडौं । चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा मतदानको विषय र समसामयिक विषयमा निर्णय गर्न रास्वपाले चैत्र ३ गते बिहान ११ः३० बजे पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धारामा उक्त बैठक बस्ने रास्वपाले जनाएको छ ।
उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टी, जनता समाजवादी र नेकपा एमाले तर्र्फबाट उम्मेदवारी दर्ता भएको छ ।
Comments