महेन्द्र बहुमुखी क्याम्पसमा तालावन्दी

चैत्र २, दाङ घोराही । दाङ जिल्लाकै पुरानो सरकारी क्याम्पस महेन्द्र बहुमुखीमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरे पछि स्ववियुको कार्यक्रम रोकिएकोछ । नेकपा (मशाल) सम्बद्ध अखिल (छैटौं) र नेकपा (विप्लव समूह) सम्बद्ध अखिल (क्रान्तिकारी) ले फागुन ३० गते तालाबन्दी गरेका हुन् ।
विद्यार्थीहरुको फर्जी परिचय पत्र भेटिए पछि तालाबन्दी गरेको अखिल (छैटौं) केन्द्रीय सदस्य सेवक भट्टराईले हाँक टुडेलाई बताए ।
भट्टराई भन्छन् ,“अहिले क्याम्पस प्रशासनले गल्ती भयो भनेको छ र अन्य विद्यार्थी संगठनहरुले नागरिकता र परिचय पत्र दुवै हेरेर मतदान गरौं भनेका छन् ।” “वार्ता पछि के हुन्छ ? अहिले नै केही भन्न सकिन्न”– भट्टराईले भने ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित