चैत्र २, काठमाडौं । उत्तर कोरियाद्वारा जापान र दक्षिण कोरियाका बीचमा वार्ता हुनु भन्दा अगाडि लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ । विहिबार बिहान उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । जापान र दक्षिण कोरियाबीच सीमा विवाद सम्बन्धी वार्ता हुनु भन्दा केही समय अगाडि क्षेप्यास्त्र प्रहार गरेको दुवै देशका अधिकारीहरुले पुष्टि गरेका छन् ।
क्षेप्यास्त्र उत्तर कोरियाको राजधानी प्योङ्ग याङ्गबाट परीक्षण गरिएको थियो । यो क्षेप्यास्त्र १ हजार किमि पार गरेर दक्षिणी जापानको पानीमा जनाइएको छ । उत्तर कोरियाले पटकपटक मिसाइल परीक्षण गर्दै आइरहेको छ । यही हप्ता मात्रै चार पटकसम्म मिसाइल परिक्षण गरेको छ । जापान र दक्षिण कोरियाका बीचमा उत्तर कोरियाको यस गतिविधिको प्रमुख विषय बन्ने बताइएको छ ।