कोकिनको उत्पादनमा अत्यधिक वृद्धि

चैत्र २, काठमाडौं । लागु औषधको रुपमा चिनिएको कोकिनको उत्पादन अत्यधिक वृद्धि भएको भियनास्थित संयुक्त राष्ट्र संघीय लागु औषध तथा अपराध कार्यालयले जनाएको छ । आज एक प्रतिवेदन ग्लोबल रिपोर्ट अन कोकिन २०२३ सार्वजनिक गर्दै सो कुरा जनाइएकोछ ।

प्रतिवेदनमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडको संक्रमणपछि अहिले मात्र कोकिनको उत्पादन अत्यधिक भएको उल्लेख छ । कोकिनको बजारमा विस्तार नयाँ नयाँ बजारको बृद्धि भएको जनाइएको छ भने पुरानो यूरोप र अमेरिकामा मात्रै यसका प्रयोगकर्ता नभइ अफ्रिका र एसियासम्म प्रयोगकर्ताहरु बढेको बताइएको छ । कोकिन बिक्रीका लागि नयाँ नाकाहरु पनि प्रयोग हुन थालेको जनाइएको छ । पहिले पहिले यूरोप र अमेरिकामा मात्र बिक्री हुने कोकिन अहिले अफ्रिका र एसियामा पनि बिक्री हुनु, प्रयोगकर्ताहरु बढ्नु खतरनाक वास्तविकता भएको संयुक्त राष्ट्र संघीय लागु औषध तथा अपराध महाशाखाका प्रमुख घाडा वलेको भनाई छ । यसरी लागु औषधको उत्पादन र वृद्धिले विश्व नै निकै चिन्तन हुनुपर्ने देखिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित