चैत्र २, काठमाडौं । रुसको रस्टोभ क्षेत्र नजिक रहेको सुरक्षा भवनमा आगलागी भएको बिबिसिले जनाएको छ ।
रसियन फेडरल सेक्युरिटी सर्भिसले प्रयोग गर्दै आइरहेको भवन सम्पूर्ण भाग जलेको छ । जसको धुँवा शहरभरी फैलिएको छ । आगलागी हुनुभन्दा पहिले ठूलो विस्फोट भएको बताइएको छ ।
रसियन फेडरेल सेक्युरिटी सर्भिस भनेको रुसको आन्तरिक सुरक्षा, अनुसन्धान, सीमा सुरक्षा र प्रति आतंकवादसँग सम्बन्धित छ । यो विस्फोट किन र कसले गरायो भन्ने विवरण आएको छैन । रुस र युक्रेन १ वर्षदेखि युद्धरत छन् ।
Comments