काठमाडाैँ । आज देशकाे उपराष्ट्रपति पदका लागि मतदान हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानबाट उपराष्ट्रपति चुनिनु हुनेछ । बानेश्वर स्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि ३ जना नेकपा एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ । प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गर्नुभएकाे छ ।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्।
निर्वाचनकाे मतपरिणाम आजै बेलुकासम्म आउने छ ।
Comments