चैत्र ३ गते, लम्की, कैलाली । राष्ट्रका लागि सङ्गीत अभियात्रा लिएर देशव्यापी अभियानमा निस्किएका जनकलाकारको टोलिलाई कैलालीको लम्कीमा भव्य गरिएको छ । अभियात्राले चैत्र ४ गते धनगढीबाट अभियान सुरु गर्दैछ । धनगढी तर्फ जाँदै गरेको अभियान टोलिलाई कैलालीमा कृयाशील वाम घटकका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा भव्य स्वागत गरेका हुन् ।
कार्यक्रममा अभियान टोलिमा सहभागी सम्पूर्ण जनकलाकारले परिचयात्मक मन्तव्य राखेका थिए । वरिष्ठ जनगायक उदय श्रेष्ठ, मणि थापा, चिरण सि, निलिमा पुन, मोहित श्रेष्ठ, नारायण शर्मा, कर्ण गौतम “बिद्रोही”, लक्ष्मण पाखृन, अनु शर्मा, सन्ध्या जिएम, कबिता पुन मगर र लक्ष्मी केसी लगायतले अभियान यात्रीका तर्फबाट परिचयात्मक मन्तव्य राखेका थिए ।
नेकपाका केन्द्रीय सदस्य गणेश ढकालको सन्चालनमा स्वागत कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा प्रगतिवादी कवि कर्ण थापाले स्वागत मन्तब्य राखेका थिए । “जनयुद्ध”का घाइते कमरेड पर्वतको समेत आतिथ्यता रहेको सो स्वागत कार्यक्रममा नेकपा (एमाले), नेकपा (एकीकृत समाजबादी), नेकपा (माओवादी केन्द्र), नेकपा (मशाल) र विप्लव नेतृत्वको नेकपाका स्थानीय तथा केन्द्रका नेता र कार्यकर्ताको सहभागीता रहेको थियो ।
“राष्ट्रका लागि सङ्गीत अभियात्रा” अभियान टोलिले आज चैत्र ३ गते नै इमेज होटलको सभाहल धनगढीमा पत्रकार सम्मेलन गर्नेछ । “राष्ट्रको लागि सङ्गीत अभियात्रा २०७९–८०” को देशव्यापी कार्यक्रम तालिका यस प्रकार रहेको छ :
२०७९ चैत ४ गते – ओम पार्टी प्यालेस धनगढी कैलाली
चैत ७ गते – सिटि सभाहल बिरेन्द्रनगर सुर्खेत
चैत १० गते – बहुउद्देश्यीय सभागृह, घोराही दाङ्ग
चैत १३गते – रोज पार्टी प्यालेस बुटवल रुपन्देही
चैत १६गते – बिपि मेमोरियल सभाहल भरतपुर चितवन
चैत १८ गते – रोयल पार्टी प्यालेस हेटौंडा मकवानपुर
चैत २० गते – दिपक पार्टी प्यालेस बर्दीबास महोत्तरी
चैत २२ गते – सैनिक भवन धरान सुनसरी
चैत २५ गते – साइ पार्टी प्यालेस सिटिसेन्टर बिर्तामोड झापा
चैत २८ गते – उद्योग बाणिज्य संघको सभाहल पोखरा कास्की
२०८० बैशाख ५ गते – प्रज्ञा भवन कमलादी काठमाडौ