चैत्र ३, काठमाडौं । चीनका राष्ट्रपति सि जिङ पिङले आगामी साता रुसको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा राष्ट्रपति सि जिङपिङले रुसका राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गर्ने र विस्तृत साझेदारी र रणनैतिक सहकार्यको विषयमा छलफल हुनेछ ।
बेइजिङले रुस र युक्रेनका बीचमा जारी युद्ध अन्त्य गर्नुपर्ने प्रस्ताव राखेसँगै भ्रमणको तय भएको राष्ट्रपति पुटिनको कार्यालयले बताएको छ । चीनको विदेश मन्त्रालय जनाए अनुसार मार्च २० देखि २२ सम्म राष्ट्रपति सि रुसमा रहने छन् ।
भ्रमणका क्रममा महत्वपूर्ण द्विपक्षीय दस्तावेजमा हस्ताक्षर हुने आशा गरिएको छ । पश्चिमी देशहरुले रुस युक्रेन युद्धमा चीनले हतियार उपलब्ध गराएको भनेर आलोचना गरिरहेका छन् भने बेइजिङले त्यसको खण्डन गर्दै आइरहेको छ ।
Comments