नारायण प्रसाद भण्डारी
नेपाली जनता र सहीदका सपना एउटैै हुन । एउटै सपना बोकेर कसैको जीवन समाप्त भयो ।ती वीर योद्धाहरु सहीद बने ।कति बेपत्ता अगं भगं जीवन नै मर्नु न बाँच्नु भए । कसैका घर गृहस्थी सन्तान सबै तहस नहस भएर सडकमा कसैको सरणमा बाँच्न बाध्य भए ।यो सबै राज्य कै कारण यस्तो बन्यो ।ती जनता सहीद घाइते अपाङग बेपत्ता सम्पूर्णको चाहना इच्छा लक्ष्य उदेश्य भनेको शान्ति सुव्यवस्था, स्वतन्त्रता, भ्रष्टाचार, रहित समाज विधिको शासन सुशासन शिक्षा स्वास्थ्य सबैको पहुचमा हुनु पर्ने एवं जनताको कानुन निमार्ण गरेर देशलाइ समृद्ध बनाउँने इच्छा आकाक्षा र सपना बोकेर टाउँकामा कफन बाधेर युद्ध मैदानमा जीवनको कुनै प्रवाह नमानी दर्जनौं पटक आन्दोलन जनआन्दोलन जनयुद्ध विद्रोह लगाएतका संघर्षमा लामबद्ध भए । जुन सुकै संघर्ष आन्दोलन मा जनताका छोरा छोरी नेपाल आमाका सन्तान हरुले ज्यान गुमाएका छन । त्यसरी जीवन आहुति गर्ने वीर योद्धाहरुलाई सहीद घोषणा गर्न समेत सत्ताका मालिकहरुलाइ फेरि अर्को दबाब दिनु पर्ने ।अझ कसै कसैले त जेनजी विद्रोहमा र जनयुद्धमा ज्यान गुमाउने महान सहीदको रगत लाइ महिलाको महिनावारी सँग तुलना गर्न सम्म पछि परेनन्। भने कल्पना गरौं अहिलेको निर्वाचनका प्रतिबद्धताले ती वीर योद्धा सहीद र आम नेपाली जनताका सपना पुरा होलान ?देश अहिले गन्जागोल भद्रगोल अर्कमण्यतामा फसेको छ ।यस्तो अवस्थामा हुने निर्वाचनले देश र जनताका सयस्या हल हुन सक्लान ?अहिले नेपाली जनता एवम् देशकै अवस्था कुन अवस्थामा छ ?संसदीय व्यवस्थाका ठेकदारहरुले सबै बिर्सिएर सहदको रगत एवम् वलिदानीको मुल्य मान्यता र सहिदका सपना बेवारिसे भए ।सहीद परिवार ,बेपत्ता परिवार, घाइते, अपांगहरुको अवस्था गुमनाम छन् । यी दलाल भ्रष्टाचारीको व्यभिचार ,लाचार ,बेइमानी, झुट, अवसरवाद, नातावाद, कृपावादको चरम वदमासीको कारण जेनजी आन्दोलन जन्म्यो ।उनीहरुका माग देश र जनता एवम् सहीदका सपना सँग नै मिल्दा जुल्दा थिए ।अर्को महत्व पूर्ण पक्ष सामाजिक सन्जाल बन्द गरिनु हुदैन भन्ने लगाएत मागहरु चिन्ताका साथ उठाइएको आन्दोलन दलाल भ्रष्ट विचौलिया देशी शिदेशी अपराधी (र) साम्राज्यवादको षडयन्त्रमा संसारकै सुन्दर देश खरानी बनाइयो ।खरबौको क्षति भयो आन्दोलनमा एउटै समयमा एउटै कारणमा सहीद हुनेहरु माथि विभेदीकरण गरेर ठूलो अन्याय गरियो ।कसैलाई पेन्सन कसैलाई जीवनभरको पीडामा बाँच्न पर्ने गराइयो ।अहिले सम्पुर्ण पक्षलाई कुल्चेर हाल सम्म जेनजी आन्दोलनको प्रतिवेदन नै सार्वजनिक गरिएन कुनै पनि दोषी अपराधी माथि कुनै प्रकारको कार्वाहीको उच्चारण सम्म गरिएन ।मात्र २०८४को नियमित हुने निर्वाचन लाइ २०८२मा सारेर राष्ट्रको खरबौं ढुकुटी रित्ताउने कामलाई प्राथमिकतामा राखियो ।यसबाट देश जनता जेनजीका मर्म कुनै पूर्ण हुने देखिन्न ।नेपालमा दर्जनौ पटक चुनाव भए दर्जनौ पटक पार्टीका प्रतिबद्धता घोषणा पत्रमा सार्वजनिक भए । प्रतिबद्धताको मात्र विश्लेषण गर्ने हो भने देश आज सम्म कहाँ पुग्थ्यो ? के हुन्थ्यो ?नेपाली जनताको अवस्थामा कति परिवर्तन हुन्थ्यो ? त्यसकारण काम एकातिर प्रतिबद्धता अर्को तिर यसमै देश बर्बाद भयो । देश वृद्धाश्रम बन्यो ।युवा शक्ति पूर्ण रुपमा पलाएन भए । भ्रष्टाचार नभएको संघ सस्था नेता कार्यकर्ता कर्मचारी, ठेकदार न्यायालय कुनै खाली रहेन ।नेपालभरी करिब ३७ हजार भन्दा बढि अख्तियारमा मुद्धा फस्र्योट हुन सकेका छैनन् । अर्थतन्त्र रित्तियो । सहीदका सपना सपनामै हराए ।द ेश बनाउने अठोटमा लागेका वीर योद्धाहरुको जीवन बर्बाद भयो । फेरि पनि प्रतिबद्धताहरु सार्वजनिक हुँदैछन् । तिनी सबै अरुको भन्दा मेरो माल सामान सस्तो राम्रो भर पर्दो वारेन्टी भएको भन्ने विज्ञापन जस्ता भ्रम जाल फिजाएर चुनाव जित्ने षडयन्त्र बाहेक अरु जनताले बुझियो भने देश अर्कै लाई सुम्पाउने वैधानिक लाइसेन्स दिनु बाहेक अरु केही हुने छैन ।
नेपालमा निर्वाचनको घोषणा प्रतिबद्धता आउँदैछन् । दलहरु मैदानमा छन् तर जनताको लर्को भारत र अन्य मुलुक तिर ओइँरिदै छन् । कतै कतै त गाउँ वस्ती पूर्ण रुपमा खाली छन्। स्वदेशमा बस्ने जनताका पीडा र विदेशमा तड्पिरहेका आम देश पे्रमी नेपाली जनताको मन मष्तिष्कमा र मन मुटुमा यस्तै यस्तै पीडादायी अल्मलिएका र घात प्रतिघातका दर्जनौं प्रश्नका चाङ छन् तर जवाफ छैनन् । कारण जवाफ दिने कसले ?दिने जमर्को गरिहाले पनि दिने के ?तराइ देखि हिमाल सम्मका पीडा भोगाइ आ आफना प्रकारका अवस्थामा छन् पीडित र पीडक पनि त्यसै अनुसारका छन् । हल गर्ने माध्यम नेपाली मुलमा जन्मेका राष्ट्र प्रति माया मोह भएका कुनै पनि राष्ट्र प्रेमी अविभावक अहिले सम्म भेटिएन । देश भित्रका दलाल नेपालमा जुन सुकै मोडेलका आन्दोलन संघर्षहरु भए पनि उनै विस्तारवाद र साम्राज्यवादका निकट नातेदार हितैषी बनेर विगतका बाचा बन्धन जनता सामु खाए गरेका प्रतिबद्धता कसम सबै लत्याइदिए पछि आम न्याय प्रेमी जनतासंग जसरी जुन माध्यमबाट भएपनि देश बचाउँने विकल्पको खोजी र लाम बद्ध हुनका लागि आह्वान गर्नु बाहेक अरु हुन सकेन ?
देशमा आमुल परिवर्तनका लागि पटक पटक गरिएका मेहनत सबै घातक धोकेवाजका सम्भौतामा विदेशी दलालका बन्द काला कोठीहरुमा जनताका रगत पसिनाका चुस्कि लगाउदै आखाँ तिरमिर बनाउदै मस्तानामा हुने गरे ती देशका र जनताका लागि थिएनन्। मात्र अवसरवादी धोकेवाज विचौलिया शंसोधनवादी लुटेरा मिलेरावादी भ्रष्टचारी रक्तपिपासु दलाल (राष्ट्रको अहित चाहने) हरु सँग र तिनीहरु पनि त्यही कम्पनीका बफादार भक्त पाउँमा लम्पसारवादी बाहेक अन्य हुन सकेनन् । आज छर्लङ्ग हुने गरी प्रमाणित भै सकेको छ । कसले के गरयो ?देशको अर्थतन्त्र डावाडोल हुनमा कारण के थिए ?जाली फटाहा चोर डाका देशका युवा युवती लाई बेच्ने मानव तस्करी गर्नमा कसको हात थियो ?भन्ने कुरा जेनजी आन्दोलनले आमका सामु छर्लङग र स्पस्ट देखायो ।
अब जनताले आफनो घर दैलामा आउने यो समय बाहेक फेरि अर्को चुनाव पर्खनु पर्छ किनभने जित्ने शहरीया मोज मस्ति सुख सयल कमिसन मोटो रकम प्राप्त गर्ने विकल्पका वैधानिक अवैधानिक भ्रष्टचारको मार्फत फेरी आउने र गएको चुनावी खर्च उपर गर्ने देश विदेश सयर गर्ने आफना आफन्तको लागि जागिर व्यवस्थापन कुर्सीको दौड धुप सांसद किनबेच आफन्तलाई ठेक्का पटटाको सेटिगं गर्ने घर घडेरी छोरा छोरी नाति नातिना महगां कलेज विदेश स्वदेश विवाह अत्यधिक भड्किलो तरिकाले गराउनु पर्ने दर्जानौं काममा ब्यस्त हुन्छन ।मौकामा नगरे फेरि मौका आउला नआउला ?भन्ने अवसरवादी प्रकारको सोचमा ग्रस्त हुन्छन् । त्यसकारण चुनावमा मरिहत्य गरेर फूलमालाले सजाउदै खाइ नखाइ जनतालाई जति सक्यो अन्यौल भ्रम कसरी छर्ने भनेर मर्ने कार्यकर्ता समेतले दःुख सुख पोख्ने उनका कुरा सुन्न समेत फुर्सत हुदैन । अर्को तर्फ हार्नेले छुटटै योजना म किन हारे ?अरुले कसरी जिते गणित हिसाब गर्दा गर्दै कसै संग भेटघाट दुःख सुख गर्ने फुर्सत सम्म हुदैन बरु यिनीहरुले मलाइ हराए भनेर द्वैसका भावना पराजितका आरोपित पीडा मै दिन बिताउँछन् । तर्सथ नेता लाई जे भन्नु छ । यो भन्दा अन्य समयमा त्यति वैज्ञानिक नहुन सक्छ ?
हामीले गर्नु पर्ने प्रश्न १)सहीदका सपना कति पूरा भए ?कति बाँकी छन ?
२) कुनै पनि आन्दोलनको समयमा सहीद भएकाहरुको परिवार जनका समस्या अंग भंग घाइते बेपत्ता योद्धा उहाँहरुका सपना उहाँहरुका सन्तानको लागि के भयो ? आज सम्म के के गरियो ? अब के के गर्न बाँकी छन् ?अबका योजना के के छन्?
३) जेनजी विद्रोह हुनुको करण के थियो ?
४)२०८४को नियमित निवार्चन २०८२मा किन सार्नु परेको ?कारण के थियो ?
५)गत निर्वाचनमा गरिएका प्रतिबद्धता कति पुरा भए ?बाँकी छन भने किन ?पुरा हुन सकेनन् ?
६) यति व्याप्त भ्रष्टाचार किन भयो ?
७)जेनजी आन्दोलन पछि बनेको सरकार शुद्ध नागरिक कुनै दल पार्टीसँग सम्बन्ध नभएका भनियो अहिले सरकारमा गएका मन्त्री खै कहाँ छन् ?
८) जेनजीले उठाएको मुद्दा निर्वाचन थियो ?होइन भने उहाँ हरुका माग सम्बोधन भए ?भएनन् भने किन ?
९)जेनजी विद्रोहमा भए गरिएका क्षतिको छानविन आयोगले सबै छानविनको प्रतिवेदन सार्वजनिक गरयो र दोषीलाई कार्वाही भयो ?
१०)नेपालको शिक्षा स्वास्थ्य जनताका गाँस बाँस कपास सुकुम्बासी समस्या हल भए ?
११) एमसीसी सम्झौताले नेपाललाईकति फाइदा कति बेफाइदा छ ? एमसीसी लागू गर्नु पर्ने कारण के थियो ?
अहिले कतै कतै जनताले प्रश्न सोध्दा गुण्डाहरुले धम्काइ रहेका छन् । निर्वाचनकै समयमा धम्काउने दल पछि सत्तामा गए भने कस्तो शासन होला ?
लगायतका प्रश्न जनताले घर दैलोमा धनुष्टंकार ढोग गरेर नाता लगाउन आउने लाई गर्ने कि नगर्ने ?
अन्तमा फेरि पनि भूल भूलैया नपरांै देशको अवस्था नाजुक छ ।अब देश रहन्छ रहन्न भन्न सकिने अवस्थामा छ । देश गम्भीर मोडमा पुगेको छ । त्यसकारण राष्ट्रवादीहरु अति चनाखो हुनु पर्ने अत्यन्तै जरुरी छ । हामी सधै इमान्दारी देखाएर पुग्दैन । हामीले जिताएर पठाएका सँग इमान्दारीता खोइ ?त्यसैले फेरिपनि धोका भ्रम सहीदका सपना सधै अधुरा ,आन्दोलनमा अंगभंग बेपत्ता घाइतेहरु र उहाँहरुका सन्तानको सधै विजोग खाली प्रतिबद्धताको भूल भूलैयामा पर्नु भन्दा बहस गर्नु आवश्यक छ । विकल्पमा स्वाधिन संयुक्त सरकार बाहेक विकल्प छैन ।
सहीदका सपना निर्वाचनका प्रतिबद्धताले समेटला ?
Comments

