काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले केन्द्रदेखि स्थानीय तह सम्म जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । देशैभर आ–आफ्नो सापेक्षतामा जनयुद्ध दिवस मनाउन पार्टी केन्द्रीय कार्यालयले निर्देशन जारी गरेको हो । ७ नम्बर ब्यूरोले पोखरामा ३१ औं जनयुद्ध दिवस मनाउने तयारी गरेको जानकारी प्राप्त भएको छ ।
३१ औं जनयुद्धको दिवसको ऐतिहासिक अवसर पारेर अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलनको उद्घाटन हुँदैछ । सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले गर्नुहुनेछ । पार्टीको ९ नम्बर ब्यूरोले पनि अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटनसँगै जनयुद्ध दिवस मनाउने तयारी गरेको छ ।
Comments

