चैत्र ३ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको छ । चैत्र २ गते अनाधिकृत रुपमा प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट ह्याक भएको थियो । सो सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले औपचारिक आग्रह गरेको छ ।
आज प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै अनुसन्धानका लागि पत्र लेखेको छ । पत्रमा यस घटनाका विषयमा विस्तृत अध्ययन प्रतिवेदन पेश गर्न भनिएको छ । पछिल्ला समयमा ह्याकरको निशानामा सरकारका प्रमुख स्थानहरु पर्ने गरेका छन् । केही दिन अगाडि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डाटा प्रणालीमा ह्याक भएको थियो र उडान नै अवरुद्ध हुन पुगेको थियो । अहिले प्रधानमन्त्रीको आधिकारिक ट्वीटरमा ह्याक हुनु निकै चिन्ताको विषय हो ।
Comments