काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ । यादव ३० हजार ३२८ मतभारका साथ विजयी हुनुभएको हो । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित हुनुभएको हो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको उहाँलाई समर्थन थियो ।
यादव जसपाका संसदीय दलका नेता हुनुहुन्छ । उहाँ बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उपराष्ट्रपति निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान सकिएसँगै मतगणना सुरु भएको थियो ।
निर्वाचनमा ८२९ मत खसेको थियो । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत रहेको छ ।
Comments