बुटवल । देशकै सुगम मध्यकाे एक जिल्ला रुपन्देहीको सैनामैना न.पा.१० झिमझिमे बस्ने १४ वर्षीय सीता ज्ञवालीको उपचार गर्ने बहानामा झारफुक गर्दा मृत्यु भएको हो । अन्धविश्वासका कारण गत माघ २० गते एक किशोरीको ज्यान गएको थियाे ।
सैनामैना झिमझिमे बस्ने १४ वर्षीय सीता ज्ञवालीको उपचार गर्ने बहानामा झारफुक गर्दा मृत्यु भएको हो । उनी बिरामी थिइन उनलाई औषधि उपचारका लागि अस्पताल लैजानु पर्थ्यो । उनलाई उपचारका लागि नलगेर झारफुक गर्न पट्टि लाग्नु अन्धविश्वासलाई प्रोत्साहित गर्नु हो । उनको मृत्युको एउटा कारण उपचार नगर्नु र झारफुक गर्नु रहेको प्रहरीको भनाई छ ।
स्थानीय ताराप्रसाद ज्ञवाली र लिला ज्ञवालीकी कान्छी छोरी सीता बिरामी भए पछि अस्पतालमा उपचार गर्ने बहानामा परिवारले ‘माता’ कहाँ लगेका थिए । उपचारकाे बहानामा ‘माता’को कुटपिटबाट उनको मृत्यु भएको थियाे ।
रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले “माताले बिरामी सीतालाई कुटपिट गरेको भिडियो बाहिर आएपछि छानबिन गर्दा यस्ताे घटना बाहिर आएकाे” बताए ।
ज्ञवालीका मामा ईश्वरी प्रसाद पोखरेल सहितले शवलाई राति नै कपिलवस्तुको लक्ष्मण घाटमा लगे । माताले कुटपिट गर्दा खिचिएको भिडियो सार्वजनिक भएको थियो । विदेश बस्ने एक युवाले प्रहरीलाई “यस्तो पनि हुन्छ हाम्रो समाजमा” भन्दै ट्याग गरेर पठाएपछि घटनाबारे थाहा पाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी श्यामु अर्यालले बताए ।
बेमटेनी टोल बस्दै आएकी ‘माता’ भनिने संज्ञा रेग्मीले सुरुमा ‘‘बोक्सी” का कारण बिरामी भएको भन्दै पहेँलो अक्षता हानिन् ।सैनामैना नगरपालिका–१० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले “माताले बोक्सी नचाएर देखाउँछु भन्दै सीताको मामालाई त्यसको भिडियो समेत खिच्न” भनिएको बताए । भिडियोमा सीताले माताको यातना सहन नसकेका कारण मृत्यु भएको देखिएपछि दाहसंस्कारमा गएका गाउँलेहरू पनि अनुसन्धानमा तानिएका हुन् ।
प्रहरीले माता बताउने संज्ञा रेग्मी, माताको परिवार, मृतकका बुबा ताराप्रसाद, मृतकका मामा ईश्वरी पोखरेलसहित मलामी जानेहरु सहित १७ जनालाई पुर्पक्षका लागि थुनामा राखेको छ ।