मशाल दलित विभागको विरोध

चैत्र- ४, काठमाडाै । नेकपा( मशाल ) केन्द्रीय दलित विभागले सिराहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले गरेको जातीय विभेद विरुद्ध एक वक्तव्य प्रकाशित गरेकोछ।

यादवले आफ्नी मृतक आमाको काजकिरियाका बेला छुट्टाछुट्टै ब्यानर राखेर भोज गराएका थिए । एउटा जिम्मेवार ब्यक्तिबाट यस प्रकारको विभेदजन्य कार्य हुनु गलत हो भन्दै मशालको केन्द्रिय दलित विभागका प्रमुख गौरीलाल कार्कीले चैत्र ४ गते जारी बक्तब्यमा भनेका छन्  “सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३ औँ दिनको तिथिको अवसरमा सोमबार गरेको भोजमा भएको जातीय विभेदको घटनाप्रति नेकपा ( मशाल ) केन्द्रिय दलित विभागको ध्यानाकर्षण भएको छ ।

उक्त भोजमा जात र समुदाय अनुसार फरक–फरक ठाउँमा ब्यानर / प्लेकार्ड नै राखेर छुट्टाछुट्टै खुवाउने काम भएको छ । यस प्रकारको हाकाहाकी कुनै जाती वा सम्प्रदायको आत्मसम्मानमा चोट पुर्‍याउने र छुवाछूतको व्यवहार गरेकोले यस निन्दनीय कार्यको हाम्रो पार्टी र दलित विभाग घोर भत्सर्ना गर्दछ ।

गाउँपालिका अध्यक्ष जस्तो सार्वजनिक जिम्मेवारी बोकेको व्यक्तिले यस प्रकारको व्यबहार गर्नु र विरोध पछि मैले थाहा पाइन गल्ती भो भन्दै माफी मागेको आधारमा उन्मुक्ति दिनु न्यायसंगत हुँदैन । यसरी सार्वजनिक रूपमा नै जातीय विभेद गर्नु नेपालको संविधान २०७२ एवं प्रचलित ऎन कानुन र मानव अधिकार विपरीत हुने भएकोले सम्बन्धित पक्ष वा व्यक्तिलाई कानुनी दायरामा ल्याइ कानुन बमोजिम कारबाहीको माग गर्दछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित