एकीकृत समाजवादीको महासचिवमा घनश्याम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले आज सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले हाल कायम रहनुभएको महासचिव डा बेदुराम भुसाललाई उपाध्यक्ष र संगठन विभाग प्रमुख बनाउने निर्णय गरेको छ ।
नेकपा (एमाले)मा उपमहासचिवको जिम्मेवारी पूरा गर्नुभएका भुसाल वाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित