स्ववियु निर्वाचन–२०७९ को संक्षिप्त मूल्यांकन

– प्रतिभा पौडेल
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशभरको अवस्था हेर्दा वहुमत विद्यार्थीहरुले निर्वाचनमा भाग लिएका छैनन । भाग लिएकाहरु मध्य पनि सबै पढ्ने विद्यार्थी नभएर चुनावी प्रयोजनका लागि भर्ना गराइएका विद्यार्थीहरु छन । लामो समय पछि स्ववियु भएको स्ववियु निर्वाचनप्रति विद्यार्थीको आकर्षण नहुनुका पछाडि खास गरेर तपशिल कारणहरु देखिन्छन ।
१. विद्यार्थी राजनीति विद्यार्थीहरुको लागि नभएर स्वार्थ केन्द्रित देखिएकोले विद्यार्थीहरुको आकर्षक देखिएन ।
२. पटक–पटक स्ववियु जितेका संगठनहरुले स्ववियु गरिमालाई धान्न सकेनन र विद्यार्थीहरुको समस्याको समाधान गर्ने मंचका रुपमा स्ववियुलाई स्थापित गर्न सकेनन ।
३. देशको समग्र राजनीतिको गतिहीनताले विद्यार्थी राजनीतिलाई प्रभाव पा¥यो ।
४. विद्यार्थी संगठनहरुले विद्यार्थीका समस्याहरुका आवाजहरु नबोकेर मातृ पार्टीको यान्त्रिक अन्धानुकरणमा मात्र रुमलिए ।
५. शिक्षा क्षेत्रमा स्ववियु जितेकाहरुबाट सुधार गर्ने कार्य विगतमा भएन ।
६. स्ववियु चुनावलाई भाडाका विद्यार्थीहरुको आड भरोसामा स्ववियुमाथि संगठनात्मक पकड जमाउने प्रपञ्च मात्र रचियो र त्यही गरियो ।
७. जुन उद्देश्यले स्ववियुको स्थापना भएको थियो, त्यसको मूल्य–मान्यतालाई आत्मसाथ गरिएन ।
८. विद्यार्थी राजनीतिले शैक्षिक मुद्दाहरु उठाउनुभन्दा पनि दलाल नोकरशाही राज्यसत्ताको वरिपरि नाँच्ने काम गरिरहेको छ, त्यसको प्रभाव स्ववियु चुनावमा प¥यो, त्यो स्वभाविक पनि हो ।
९. चुनाव लड्न कै लागि भर्ना हुने प्रवृत्ति जुन विद्यार्थी राजनीतिमा छ, त्यसले पनि विद्यार्थीहरुमा स्ववियु र राजनीति दुवै प्रति वितृष्णा जगाइरहेको छ । एकातर्फ स्ववियु लड्नको लागि भर्ना हुने तौरतरिकाले शिक्षा क्षेत्रलाई एकेडेमिक बनाउन सकेको छैन भने अर्कोतर्फ चुनाव जिताउनको लागि भाडाका विद्यार्थी बनाउने प्रवृत्तिले उर्जावान तथा क्षमतावान विद्यार्थीमाथि कुठाराघात हुने गरेको छ, जुन अहिलेको स्ववियु निर्वाचनमा पनि स्पष्ट देखियो ।
तसर्थ, विद्यार्थी राजनीतिलाई विद्यार्थीहरुको हकहित, शैक्षिक मुद्दामा केन्द्रित नगर्ने हो भने विद्यार्थी राजनीतिप्रति थप वितृष्णा पैदा हुँदै जानेछ । शैक्षिक निजीकरण र व्यापारीकरणले शिक्षा गरिबहरुको पहुँचभन्दा टाढाटाढा हुँदै गैरहेको परिदृश्यमा विद्यार्थी राजनीति त्यही शैक्षिक निजीकरण र व्यापारीकरणको पक्षमा हुनु दुःखद अवस्था हो ।
अन्तमाः आज सम्पन्न स्ववियु निर्वाचनमा अमूल्य मत दिनु भएका सम्पूर्ण मतदाताहरुमा हार्दिक धन्यवाद छ ।
(लेखक पौडेल अनेरास्ववियु (छैटौं) राष्ट्रिय भेला आयोजक समितिका सदस्य र गत चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) संयुक्त र अखिल छैटौंको प्यानलबाट त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसमा कोषाध्यक्ष पदका उम्मेदवार थिइन )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित