अमेरिकाको केन्द्रीय बैंकले व्याजदर बढायो

चैत्र ९, काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले व्याजदर बढाएको छ । केन्द्रीय बैंकले ०.२५ प्रतिशतका दरले व्याजदर बढाएको जनाएको छ । अमेरिकामा बैंकिङ क्षेत्रमा अत्यन्तै उतारचढाव आएको छ । अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक यही महिनामा बन्द भएका थिए । ती बैंकहरुबाट निक्षेपकर्ता हरुले रकम जम्मा गरेका सबै निकालेका थिए ।

बैंकहरुमा देखिएको संकटले आगामी दिनमा आर्थिक विकासमा असर पर्ने कुरा अमेरिकाको केन्द्रीय बैंकले बताएको छ । अहिले विश्वभरी डलरको मूल्य घटिरहेको छ । विश्वभरी नै बैंकिङ कारोबारमा निकै उतारचढाव आएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित