प्रधानमन्त्रीद्वारा राजस्व छली रोक्न निर्देशन

चैत्र ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व छली रोक्न निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रुपमा काम गरी राजस्व छली रोक्न भनेका छन् । सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरुको छलफलमा सहभागी हुँदै प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । उनले राजस्व छली नियन्त्रण सम्बन्धी जति पनि व्यवस्था छन् ती सबैलाई कार्यान्वयनमा लगि बजारको सशक्त र प्रभावकारी अनुगमनमा ध्यान दिन समेत जोड दिए । उनले अवैध आयातलाई रोक्नुपर्ने र स्वदेशी उत्पादनलाई अत्यधिक प्रयोग गर्नुपर्ने उल्लेख गरे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित