लुघवित्तिय संस्थाहरुको ठगी विरुद्ध विरोध प्रदर्शन

चैत्र ९, काठमाडौं । लघु वित्तिय संस्थाको ठगी विरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा बहुमतले काठमाडौंको कमल पोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाह गर, जनताको जीवनशैली सहज गर भन्ने जस्ता नाराहरु लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । पछिल्लो समय लघु वित्तिय संस्थाहरुका लुट, ज्यादतीको विरोधमा प्रदर्शनहरु हुँदै आएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित