चैत्र १०, काठमाडौं । पूर्वमा कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको लाठीचार्जबाट घाइते भएका ४२ वर्षिया पदमबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ । चैत्र ५ गते विराटनगरमा आन्दोलनका क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन् ।
आन्दोलनलाई दमनले होइन वार्ताद्वारा रोक्नुपर्दछ । देशममा संघीयता नै खारेज हुनुपर्छ भनेर जताततै आवाज आइरहेको अवस्थामा, संघीयता देशले आर्थिक रुपले धान्न सक्दैन भन्ने सबैलाई महशुस भइरहेको अवस्थामा मात्र नामाकरणको विषयमा भएको आन्दोलनमाथि दमन गर्नु सरकारको अदुरदर्शीपन देखिएको छ ।