चैत्र १०, काठमाडौं । दक्षिण चाइना समुन्द्रको विषयलाई लिएर चीन र अमेरिकाको बीचमा द्वन्द्व बढिरहेको छ । दक्षिण चाइना समुन्द्रको पार्सल टापु नजिकैको समुन्द्रमा अमेरिकी सामुन्द्रीक जहाज पुगेको विषयलाई लिएर चीन र अमेरिकाबीचमा द्वन्द्व चर्किएको छ । चीनको रक्षा मन्त्रालयले अमेरिकालाई यस्ता गतिविधि तुरुन्त रोक्न आग्रह गरेको छ । नत्र त्यसको गम्भीर परिणाम हुन,े अमेरिकी सेनाले चीनको सार्वभौम सत्ताको उल्लंघन गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको पनि उल्लंघन बताएको छ । साउथ चाइना सामरिक महत्वको स्थान मानिन्छ । साउथ चाइना सी अर्थात् दक्षिण चाइना समुन्द्र अन्तर्राष्ट्रिय व्यापारको दृष्टिले निकै महत्वको ठाउँ र प्राकृतिक साधन स्रोतले भरिपूर्ण मानिन्छ ।
Comments