चैत्र १०, काठमाडौं । फ्रान्समा पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष नाएको विरोधमा आन्दोलन दिनानुदिन चर्कँदै गएको छ । लाखौंको संख्यामा आन्दोलनकारीहरु सडकमा प्रदर्शन गरिरहेका छन् । मजदुरहरुले पेन्सन पाउने उमेर बढाएको विरोधमा नियमित आन्दोलन गरिरहेका छन् । फ्रान्सको संसदको तल्लो सदनले विना मतदान पेन्सनको उमेर बढाउने निर्णय गरेको थियो । मजदुरहरुले यस निर्णयको तत्कालै विरोध गर्दै आएका थिए भने आन्दोलन अहिले पनि जारी छ । आन्दोलनकारीले सडकमा राखिएका गाडीहरु इलेक्ट्रिक मोटरसाइकलहरुका साथै फोहोर बोक्ने गाडीहरु पनि जलाएका छन् भने फ्रान्सको बोर्डेक्स टाउन हल पनि जलाएका छन् । आन्दोलनकारीहरुले आगामी मंगलबार फेरि आन्दोलन गर्ने बताएका छन् । फ्रान्सको यो आन्दोलन निकै महत्वका साथ हेरिएको छ ।