ईजरायलमा न्याययिक सुधारको माग गर्दै प्रदर्शन

चैत्र १३, काठमाडौं । ईजरायलको राजधानी जेरुसेलममा न्यायिक सुधारको माग गर्दै लामो समयदेखि विरोध प्रदर्शन भईरहेको छ ।

प्रदर्शनकारीहरू माथि सरकारले व्यापक दमन गरेको छ । सरकारले न्यायिक समितिमा पुरै नियन्त्रण कायम गर्न खाेजेको विरोधमा जनता स्वतस्फूर्त रुपमा सडकमा आएका छन् ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नीजि निवास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सरकारले गर्न लागेको न्यायिक सुधारको विरोध गरिरहेका छन्।सरकारले आन्दोलनकारीलाई अराजकताको संज्ञा दिएको छ । विज्ञहरुले देशका नागरिक आपसमा विभाजित हुननहुने बताउँदै सरकारले आन्दोलनकारीको माग सरकारले छिटो संबोधन गर्न माग गरिरहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित