आजदेखि नेपाल अमेरिका ल्यान्ड फोर्स वार्ता शुरु

चैत १३ काठमाडौं । आजदेखि नेपाल अमेिरका फोर्स वार्ता नेपालमा शुरु हँदैछ । तीन दिन सम्म चल्ने सो टक दुई मुलुक का स्थल सेना वीच सहकार्यका विषयमा हुन लागेको हो । दुई देशका वीचमा यसरी संवाद हुन लागेको २०७५ साल देखि हो अमेरिकाको२२ सदस्यीय टोली नेपाल आएको छ भने नेपालबाट १४ सदस्यीय टोली वार्तामा सहभागी हुँदैछ ।अमेरिकाबाट आएको टोलीको नेत्तत्व अमेरिकी सेनाको प्यासिफिक कमान्ड का डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गरिरहेका छन्।भने नेपालको टोलीको नेता नेपाली सेनाका उपरथी अशोक राज सिग्देलले गर्दैछन् । यश पालिको यश वार्तामा नेपालका तर्फबाट परराष्ट्र , अर्थ र रक्षा मन्त्रालयका सह सचिव उपसचिव र नेपाली सेनाका रथी एवम अधिकृत सहभागी छन् । यसरी दुई देशको सेनाको बिचमा वार्ता हुनुको कारण दुई देशका बिचमा आपसी सहकार्य गर्ने ,क्षमता र विज्ञता आदानप्रदान गर्ने रहेको बताइएको छ । पछिल्लो समय अनेक बहानामा नेपालमा विदेशीहरुको यो वा त्यो बहानामा चहल पहल बढ्नु कुनै पनि हालतमा ठिक नभएको विश्लेषक हरु बताउँछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित