– लिला पुन
भारतबाट पलायन हुनुभन्दा अगाडि अर्थात सन् १९४७ सम्म बेलायती साम्राज्यवादको संसारभर निकै दवदवा थियो । उसले कसरी हुन्छ अनेक उपायहरु लगाएर आपूmले गिद्धे नजर लगाएको देशभित्र पस्थ्यो र त्यस देशका जनतालाई गुलाम बनाउँथ्यो । गुलाम बनाउनुभन्दा पहिले रोइधोई, कराई, चोसार–मसार गरी जसरी हुन्छ त्यस देशको जनतालाई हात लिई शासन सत्ता, व्यापार व्यवसाय, उद्योगधन्दा, कलकारखाना, प्राकुतिक साधनमाथि अधिकार जमाउँथ्यो । अनि आपूm राजा बनेर त्यस देशका जनतामाथि थिचोमिचो जे–जे गर्नु पर्ने हो गर्दथ्यो । त्यस देशको स्रोत र साधनमाथि अधिकार जमाएर त्यो देशलाई खोक्रो पारिसकेपछि छोड्ने बेलामा आफ्नो स्वार्थ अनुकूल आफ्नै देशको मान्छे हुन्छ कि लुटिएको देशको विश्वासिलो मान्छे हुन्छ उसैको जिम्मा लगाई दिएर जान्थ्यो । सैनिक हुलेर हुन्छ कि, व्यापार व्यवसायको निहुँ बनाएर हुन्छ अथवा अरु नै बहाना बनाएर हुन्छ अनेक तिकडम रचेर त्यस देशको अस्मितामाथि धावा बोल्थ्यो । त्यसै गरेर संसारभर आफ्नो साम्राज्य पैmलाएको थियो । व्यापार व्यवसायको निहुँमा पसेको बेलायती साम्राज्यवाद आउनुभन्दा अगाडि भारतलाई ‘भारत वर्ष’ भनेर चिनिन्थ्यो ।
भारत वर्षमा ६६५ वटा रजौटा, ३५ देखि ४० राज्य थियो । त्यसबेलाको जमानामा शासन पद्धति तीन किसिमको थियो । सबैभन्दा तल्लो तहमा रजौटा, त्यस भन्दामाथि राज्य, अझमाथि राष्ट्र हुन्थ्यो । तल्लो तह रजौटा र त्यसभन्दामाथि राज्यमा शासन गर्नेलाई राजा, महाराजा भनिन्थ्यो भने राष्ट्रमाथि शासन गर्नेलाई चक्रवर्ती राजा भनिन्थ्यो । रजौटा भएको देशलाई अनेक बहानामा आक्रमण गर्दै, जालझेलमा फसाउँदै, आत्मसमर्पण गराउँदै ‘इन्डिया’ नामको महान भारत बनाएर छोडेको थियो । भनिन्छ–“अहिले पनि भारत बाहिरबाट हेर्दा जतिसुकै ठूलो देश देखिए पनि बेलायतबाट अझै स्वतन्त्र भएको छैन ।” आज गोराको गुलामीबाट उम्केको भारतले आपूmले पाएको भोगेको दुःखलाई बिर्सेर आफ्नो छिमेकी देशहरुलाई सताइराखेको छ । आफ्नो देशको परम्परादेखि चलि आएको संस्कार, संस्कृतिमाथि आपैm बन्चरो हानी राखेको छ । भारतको एकीकरण अंग्रेजले गरिदिए । भारतलाई महान बनाएर छोडिदिए । नेपालको एकीकरण अंग्रेजले नै बिगारी दिए । भारतको लागि अंग्रेज मित्र बनिदिए भने नेपालको लागि शत्रु बनेको तितो इतिहास साक्षी छ । तिनै अंग्रेजको देखासिकी गरेर हो–भारतले छिमेकी देशलाई हैरान पारेको, सताएको । सिक्किमलाई निलेको, भुटानीकरण र फिजीकरण गरेको । नेपाललाई पनि सिक्किमीकरण गर्ने मनसायले होला “नेपाल गेम पलान” राखेर अनेक तिकडम, जालझेल र प्रपञ्च रचिराखेको छ ।
अंग्रेज सरकार अर्थात् कम्पनी सरकारले भारतीय जनताहरुलाई यतिसम्म गुलाम बनायो कि रेलको पहिलो नम्बरको डिब्बामासम्म बस्न नपाउने अधिकारबाट बन्चित ग¥यो । धारामा पानी थाप्नमा प्रतिबन्ध लगायो, राम्रा–राम्रा सरकारी जागीर खानमा प्रतिबन्ध लगायो । अन्य जातपात, छुवाछूत, अवहेलना, व्यापार व्यवसायको कुरै नगरौं । कतिसम्म पेलेका होलान् । आपैm पाठक वर्गले कल्पना गर्नुहोस् । अंग्रेजहरुको यस्तो अन्याय सहन नसकेपछि प्रथम भारतीय स्वतन्त्रता संग्रामको नामबाट सुरु भएको विद्रोह सन् १८५७ मा सुरु भयो । यस विद्रोहमा राजा, महाराजा, जमिन्दार, सरकारी कर्मचारी, कारीगर, सिपाही सामेल थिए । यसको नेतृत्व बहादुर शाह जफर, नाना साहेव, लक्ष्मी बाई, बख्त खां, फिरोज शाह, तात्य टोपे, कुवर सिंह, बेगम हजरत महल, मौलवी अहमद शाहले आफ्नो ज्यानको बाजी लगाएर लडेका थिए । २९ मार्च सन् १८५७ मा कलकत्ताबाट १६ माइल टाढा बैरकपुरमा सिवाही मंगल पाँडेको नेतृत्वमा विद्रोह गरे । उनले आफ्ना साथीहरुको सहायताले अंग्रेज अफिसरलाई गोलीले उडाइ दिए । अंग्रेजहरु डरले भागडौड गर्न थाले । देशको विभिन्न ठाउँमा विद्रोहको ज्वाला भुसको आगोसरी सल्कियो । यति गर्दा पनि बाठा अंग्रेजहरुले अनेक जालझेल प्रपञ्ज रचेर त्यो विद्रोहलाई असफल पारिदिए । अंग्रेजी साम्राज्यको जरा हल्लाई दिएपनि अन्तमा अंग्रेजी साम्राज्यको इष्ट इण्डिया कम्पनीले भारतको सारा राज्यसत्ता आफ्नो हातमा लियो ।
सन् १८५७ को भारतीय स्वतन्त्रता संग्राम अंग्रेजहरुले असफल बनाई दिएपनि भारतीय जनताहरुले अंग्रेज अत्याचारको डर र त्रासदेखि पछि हटेनन् । आखिरमा मे सन् १९४२ सोध्नु पर्नेमा ‘भारत छोडो आन्दोलन’ बाट सुरु भएको जनविद्रोह करिब १०० वर्ष अनवरत संघर्षपछि सन् १९४७ मा सम्पूर्ण भारतीय जनताहरुले आजादी पाए । यस अनवरत संघर्षमा असंख्य भारतीय जनताले आफ्नो ज्यानको कुर्वानी गरे । अंग्रेजहरुको क्रुर यातनालाई कुनै प्रवाह नगरी लगातार संघर्ष गरिरहे । जेलको विभत्स यातनादेखि लिएर अनेकौं मानसिक यातना समेतलाई केही प्रवाह नगरी लाखौं जनताले लाखौं यातना सहे ! अन्तमा सन् १८५७ बाट सुरु भएको जनविद्रोह सन् १९४७ मा आएर अंग्रेजले शासन सत्ता भारतीयहरुको हातमा सुम्पन बाध्यता बनाए । यो जनविद्रोहलाई अगाडि बढाउन महात्मा गान्धीको नेतृत्वमा अहिंसात्मक आन्दोलन र सुभाषचन्द्र बोसको नेतृत्वमा चलेको स–शस्त्र हतियार बन्द विद्रोहले कैयौं काम गरेको थियो । सम्पूर्ण भारतभरीको जेलमा विद्रोही भारतीय जनताले भरिएका थिए भने भारतीय जनताहरुले हजारौं हण्डर, क्रुर यातना र सजाय भोगिराखेका थिए । थुप्रै भारतीय राजनेताहरुको बलिदान र भारतीय जनताको त्याग, तपस्या र जनविद्रोहले मात्र अंग्रेजहरुले भारत छोडेका थिए । छोड्ने बेला आफ्नो विश्वास पात्र जवाहरलाल नेहरुलाई तत्कालीन अंग्रेज शासक प्रमुख लार्ड माउन्त वेटेनले भारतीय शासन सत्ता सुम्पेर गएका थिए ।
उक्त अन्तिम जनविद्रोहको नेतृत्वमा अहिंसात्मक आन्दोलनका विचार बोकेका महात्मा गान्धीले गरेका थिए भने अर्कोतिर सुभाषचन्द्र बोसले ‘आजाद हिंन्द फौज’ नामक हतियार बन्द क्रान्तिकारी दस्ता तयार पारेर अगाडि बढेको बोसको पछाडि लागेका थिए । अंग्रेज शासकहरुले अहिंसात्मक विचार बोकेका महात्मा गान्धीलाई भन्दा हतियार बन्द दस्ता गठन गरेर अघि बढेको सुभाषचन्द्र बोसलाई अत्यन्तै खतरनाक दुश्मनको रुपमा हेरिराखेको थियो । त्यसैगर्दा अंग्रेजहरुले बोसलाई विना कारण गिरफतार गरी जेलमा हालेका थिए । उनी रातारात जेलबाट भागे र क्रान्तिको लागि अन्य देशसँग सहायता माग्न विदेशतिर लागे । भनिन्छ– बोस हवाइजहाज दुर्घटनामा मरे । तर, उनको मृत्यु कसरी भएको हो अझैसम्म रहस्यमय छ र कसैले पनि कसरी मरेको हो भन्ने प्रमाण पेस गर्न सकेको छैन । दोस्रो जनआन्दोलन अर्थात दोस्रो भारतीय स्वतन्त्र संग्राममा यी तलका नेताहरुले आफ्नो ज्यानको प्रवाह नगरी आन्दोलन हाँकेको थिएँ । जुन आन्दोलनमा कैयौं साहित्यकार, लेखक, कवि, कलाकार, विभिन्न विचारका अंग्रेज विरोधी राजनेता र जनताको समर्थन थियो । भगतसिंह (जसलाई जेलमा नै फाँसीको सजाय दिइएको थियो भने उनको लास उनको अभिभावकलाई नदिएर जेलभित्र नै जलाइएको थियो । भगतसिंहको साथमा कैयौं विद्रोहीहरुलाई फाँसीको सजाय दिइएको थियो) । चन्द्रशेखर आजाद, सरोजिनी नायडु, रामप्रसाद विस्मिल, राजगुरु, प्रीतिलता बड्डेदार, विनायक सावरकर, एनी वेंसेंट, सुखदेव, दादाभाई नौरोजी, लाला हरदयाल, विना दास, बाघा जटिन, केशव कर्वे, लाला राजपत राय, अब्दुल गफ्फार खाँ, आचार्य कृपालानी, बाल गंगाधर तिलक, राजा राममोहन राय, स्वामी विवेकानन्द, दयानन्द सरस्वती, ईश्वरचन्द्र विद्यासागर, नारायण गुरु, रवीन्द्रनाथ ठाकुर, मोहनलाल द्धिवेदी, प्रेमचंद, भारतेंदु हरीशचंड, बालकृष्ण शर्मा ‘नवीन’, सुबह्मण्यम ‘भारती’ मैथिलीशरण गुप्त, डा. इकवाल, अरविंद घोष, माखनलाल चतुर्वेदी आदि थिँए ।
कसरी भइराखेको छ त नेपालमा अमेरिकी साम्राज्यवादको दबदबा ? अहिलेको अवस्थामा विश्व राजनीतिको घटनाक्रम हे¥यौं भने अमेरिका, रुस, चीन आमन्ने सामुन्ने शत्रु देशको रुपमा देखिएका छन् । आजभन्दा १५ वर्ष अगाडि युक्रेनको राष्ट्रपति रुसको वरिपरि चक्कर मार्थ्यो भने आजकल राष्ट्रपति जेलेनेस्कीले अमेरिकाको वरिपरि चक्कर मारिराखेका छन् । सुझाव, सल्लाह, सहायता सबै अमेरिकाको राष्ट्रपति जो बाइडेनबाट माग्छन् । अमेरिकाको पक्षमा लाग्यो भनेर रुसले युक्रेनमाथि आक्रमण गरेको पनि एकवर्ष भन्दा बढ्ता भइसकेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्दा सामाजिक संजाल तथा विभिन्न पत्र–पत्रिका, रेडियो, टि.भि.मा सुनिन्थ्यो, पढिन्थ्यो– त्यति ठूलो देशले युक्रेनलाई के बाँकी राख्ला र ! ६, ७ दिनमा धुलो पिठो पारेर छोड्ने भयो भन्ने सुनिन्थ्यो । के को ६, ७ दिन हवस् ! एकवर्ष भन्दा बढी रुससँग टक्कर ल्याई राख्यो । अब रुसले युक्रेनसँग युद्ध हार्छ भन्ने मनसायमा पुगिराखेको बेला रुसको जासुसी तथा सेनाहरुले अमेरिकाको एउटा गोप्य बङ्कर पत्ता लगायो । जहाँबाट जेलेनेस्कीलाई सुझाव सल्लाह, हतियार, रसद पानीको आवश्यता जति पर्छ र त्यति उपलब्ध गराइन्थ्यो । युक्रेनको युद्धक्षेत्र बकपुट भन्ने स्थानको चारसय फिट जमिनमुनि एउटा स्टिललेस बङ्कर रहेछ । त्यसैभित्र अमेरिकन सेना, बेलायती सेना, नाटो देशका सेना बस्दा रहेछन् ।
त्यहीबाट जेलेनेस्की परिचालित रहेछन् । रुसले यो कुरो पत्ता लगाई सकेपछि त्यस बङ्करमा रसियन सेनाले स्टिङ्गर मिसाइलबाट आक्रमण ग¥यो र ४० जनाभन्दा बढ्ता अमेरिकन तथा नाटो सेना मारिदियो । रुसले अब युद्ध हारिने भयो भनेर हायलकायल परिराखेको बेला त्यो बङ्करको आक्रमण त उसको लागि युद्ध जित्ने उपाए पो रहेछ । यसरी आफ्ना सेनाहरु रुसले मारी दिएपछि मानसिक हार बोकेर बहुलाएको जेलेनेस्की र नाटो देशले रुससँग निंहुँ खोज्नको लागि अमेरिकाले अमेरिकी लडाकु ड्रोन रुसमा आक्रमणको लागि रुसको आकाशमा पठायो । त्यसलाई पनि रुसले स्टिङ्गर मिसाइलद्वारा आक्रमण गरेर ध्वस्त बनाई दिएपछि अमेरिका अरु उपाय सोँच्दै युद्ध हारियो भन्ने सोचले रुसबाट फर्कियो । यस आणविक युगमा लडाई कसले जित्छ हेरौं समयले के भन्छ ।
नेपालमा जब अमेरिकाले एमसीसी जवरजस्ती संसदबाट पास गर्न लगायो । त्यसको साथसाथै नेपालमा अमेरिकाले आफ्नो सेना ल्याउनको लागि एउटा निहुँ बनाएको छ । त्यो के भने आजभन्दा एकवर्ष अगाडि मात्र अमेरिकाको सिनेटमा एउटा विधेयक पास पास गरेको छ । अमेरिकाको भनाई अनुसार–“नेपालको त्रिभुवन विमानस्थल सुरक्षाको लागि निकै कमजोर छ । त्यो विमानस्थलबाट विभिन्न आतङ्कवादी गतिविधि गर्ने आतंकवादीहरु पस्न सक्छन् । त्यसैगरेर विभिन्न तस्करहरुले आफ्नो बाटो बनाउन सक्छन् । त्यसको सुरक्षाको जिम्मा अमेरिकाले ल्याउनु पर्छ ।” भनेर सिनेटमा बहुमतले विधयेक पास गरेको छ । यसको आसय के हो ? अरुको देशको हवाई अड्डा लिकेज छ भनेर आफ्नो सेना हुल्ने ? जे गर्ने हो, हामी नेपालीले नै गर्छौ । आउन पाइँदैन, ल्याउन पाइँदैन ! अरु देशको सेनाहरु ! यही सुइको पाएर चीनले आफ्ना पर्यटकहरु नेपाल पठाउन नाममा सिभिल ड्रेसमा चिनियाँ जनमुक्ति सेनाको साथसाथै पे.क.पा.का कार्यकर्ताहरुलाई नेपालभित्र हुल्न लागि राखेको छ । अमेरिकाको रणनीति अनुसार उसले विस्तारै विस्तार चीन घेर्दै छ । यदि अमेरिका आएर चीनको सम्प्रभुत्तामाथि खेलवाड गर्छ भने चीनले पनि किन सहोस् । हाम्रो देश नेपाल कतै युक्रेन त बन्दैन ! चीन, भारत, अमेरिकाको कारणले गर्दा कतै हाम्रो देश द्वन्द्वग्रस्त क्षेत्र त बन्दैन !
अरु देशको अस्मितामाथि खेलवाड गर्न पाइँदैन । देशको नेताहरु नै गद्दारी भएपछि के लाग्ने रहेछ र ! अमेरिकाको इतिहासको पाना पल्टाएर हेर्ने हो भने संसारभर अपराधै अपराधको तितो इतिहास छ । जहाँ अमेरिकाको सेना जान्छ त्यहाँ हत्या र बलात्कारको इतिहास कोरेर आउँछ । प्रजातन्त्रको नाममा दुहाई दिदै न्यायप्रेमी जनताहरुमाथि बुट, लाठी, गोली बर्साउँछ । अमेरिकाको रणनीति जहिले पनि अरुको देशको जनतालाई न्याय निसाफ र विकास गरिदिने होइन । न्याय प्रेमी जनताको हक र अधिकार खोसिदिने, विकास होइन, विनास निम्त्याई दिने गर्छ । आपूm पसेको र बसेको देशलाई धुत्दासम्म धुटेर, प्राकृतिक साधनहरु लुटेर आफ्नो देश अमेरिका पु¥याउँछ । राम्री छोरी बुहारी देखे बलात्कारपछि हत्या गरिदिन्छ । तिम्रो देशको न्याय निसाफले हामीलाई छुन हुन्न भन्छ । यी राक्षस डाँकाहरुको प्रतिरोधको लागि विश्वभरका न्यायप्रेमी जनताहरु एक हौं । यही मेरो कामना ।