मिटर ब्याज पीडितहरूलाई नेकपा (मशाल) सहितका संगठनको स्वागत (भिडियो)

काठमाडौ । नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) सम्बद्ध तीन किसान संगठनले मिटर व्याज पीडितहरूलाई स्वागत गरेका छन् । तीन किसान सङ्गठनका अध्यक्षले उनीहरूसित  एक्यवद्धता जनाउदै एक संयुक्त विज्ञप्ती समेत जारी गरेका छन् । वक्तव्यमा सिताराम तामाङ, हरी श्रेष्ठ र चिन्तामणि पौडेलको हस्ताक्षर रहेको छ ।

तीन किसान संगठनले शान्तिबाटिकामा जुलुस प्रदर्शन समेत गरेका थिए । जुलुस खुलामन्चको पूर्वी गेटमा पुग्दा मिटरव्याज पीडितको जुलुस पनि उनीहरुसित मिसिन आइपुगेको थियो । महानगरपालिकाले खुल्ला मंचको गेट बन्द गरे पछि नगर प्रहरी र आन्दोलनकारी बिच झडपको अवस्था सृजना भएको थियो।

नेकपा क्रान्तिकारी माओवादीका बागमति सचिव सुरेश श्रेष्ठले पार्टीको तर्फबाट आन्दोलनकारीलाई ब्लाङ्केट र मेट्रेस उपलब्ध गराएका थिए । साँझबाट रातिमा पनि लगातार धर्ना दिने गरी आन्दोलनकारी खुलामन्चको पश्चिम गेटमा धर्नामा बसेका छन् ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष हरी श्रेष्ठले तीन संगठनको वक्तव्य पढेर सुनाएका थिए भने अखिल नेपाल किसान महासंघका प्रतिनिधि वलिभद्र शर्माले तीनसङ्गठनका तर्फबाट स्वागत मन्तव्य राखेका थिए ।

मिटर ब्याज पीडित १२ औं दिनमा काठमाडौं खुल्लामञ्च आइपुगेका हुन् ।

मिटर ब्याज पीडितको आन्दोलन

तीन संगठनले निकालेको विज्ञप्तिको पूर्ण पाठ

हामी तीन संगठन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) सम्बद्ध अखिल नेपाल किसान महा संघ (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी),अखिल नेपाल किसान महासंघ मिटर व्याजी ब्याजखोरहरूद्वारा ठगिएर घर जग्गा समेत गुमाउन पुगेका किसानहरू तराई्मधेशका विभिन्न जिल्लाहरूबाट महोत्तरी जिल्लाको वर्दिबासमा भेला भइ सर्लाही, रौतहट, बारा, मकवानपुर हुँदै १२ दिनको कष्टपूर्ण पैदल यात्रा गरी देशको राजधानी काठमाडौमा न्याय माग्न आइपुग्नु भएकोछ । तपाईहरूको ७३ जनाको टोलीले जसमा धेरैजसो महिलाहरू छन् । त्यसका साथै स्कूले केटाकेटी र बच्चासमेत छन् । आफ्ना मागहरू पूरा गराएर मात्र फर्कने दृढता पनि जाहेर गर्नुभएको छ । हामी तपाईहरूको साहस, दृढताको उच्च कदर गर्दै तपाईहरूको स्वागत गर्दछौं र साथै ऐक्यबद्धता पनि जाहेर गर्दछौं ।

आज भन्दा पहिले पटक पटक मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूले काठमाडौंको सडकमा धर्ना ,जुलुस आदि संघर्षको कार्यक्रम सम्पन्न भएका थिए । त्यो कार्यक्रममा हाम्रो पनि ऐक्यबद्धता र सहभागिता थियो । त्यसपछि सरकारसँग सहमति भएको र सरकारले सो सहमति पूरा गर्ने वचन दिएपछि गाउँ फर्किएका थिए । हामीले पनि सो संघर्षहरूलाई ऐक्यबद्धता जनाएका थियौं र देशका गरिब किसानहरूको पेचिलो सवाल भएकोले सकेको सहयोग पनि गरेका थियौं । तर ती मागहरू पूरा भएनन् । त्यसबाट मिटरव्याजी साहुहरूले ‘अब केही नहुने’ बुझी ऋणि किसानहरूलाई थप पीडा दिएको र धेरैको उठीबास समेत लागिसकेको अवस्थाले गर्दा पुनः किसानहरूले तपाई किसानहरूले १२ दिन लामो कष्टपूर्ण यात्रा गर्नु परेको हो । हामी तीन किसान संगठनहरू सरकारले गरेको सहमतिप्रतिकोे गैर जिम्मेवारीको भत्र्सना गर्दछौं । हामी मिटर व्याजी व्याजखोरहरूले किसानहरूलाई फसाएर उनीहरूको जग्गा जमिनबाट उठीबास लगाउने र घरपरिवार बिचल्ली पार्ने घोर अपराधपूर्ण अमानवीय कार्यको घोर निन्दा र भत्र्सना गर्दछौं ।

साथै नेपाली किसानहरूमाथि खुलेआम ठगी विरुद्ध भैरहेको मिटरव्याजी व्याजखोरहरूबाट पीडित किसानहरूको यो संघर्षप्रति पुनः दृढ ऐक्यबद्धता जनाउँदै किसानहरूको ऋण मिनाहा गर्न, ठगीमा परेकाहरूका जग्गा जमिन फिर्ता गर्न र मिटर व्याजी व्याजखोरहरूमाथि कडाभन्दा कडा कार्वाही गर्न समेत जोडदार माग गर्दछौं । तपाई संघर्षरत मिटरव्याजी व्याजखोरहरूबाट पीडित किसानहरूको मागलाई तत्काल पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं । तपाईहरूको काठमाडौं बसाई फलदायी रहोस् । हामी तपाईहरूको साथमा छौं ।
सीताराम तामाङ अध्यक्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी),
हरि श्रेष्ठ अध्यक्ष, संयोजक अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)
चिन्तामणि पौडेल अध्यक्ष अखिल नेपाल किसान महासंघ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित