परियार जातिको तथ्यांक संकलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

तनहुँ । परियार सेवा समाज जिल्ला कार्य समिति तनहुँले व्यास नगर स्तरीय परियार जातिको तथ्यांक र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एकादेब आले चिन्तन प्रतिष्ठान भवनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले परियार जाति एक भएर अगाडि बढ्नु पर्ने र त्यसको लागि सदैव आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जाहेर गरेका थिए । उनले कार्यक्रमको भव्य सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि समाजका गण्डकी प्रदेशका संयोज तथा केन्द्रीय समितिका सचिव लालबहादुर परियार थिए । उनले “अब हुने निर्वाचनमा दलितको १३ प्रतिशत सहभागीता हुनेपर्ने र त्यसका लागि जुनसुकै पार्टीमा रहेता पनि परियारहरूको अनिवार्य समावेशिता हुनुपर्ने” बताए ।

व्यास नगरपालिकाका कार्यकारी समितिका सदस्य चन्द्रमाया परियारले “परियार समाज तनहुँलाई व्यास नगरपालिकाबाट एक लाख बजेट बिनियोजन गरि सहयोग गरेको”, “तनहुँ जिल्लाको १४ वटा वडामा गएर परियार समुदायको तथ्यांक संकलन गरि अति बिपन्न परियारहरूलाई बासस्थानको व्यवस्थापन गर्नुपर्ने” समेत बताएका थिए ।

राष्ट्रिय गीत गाएर सुरु भएको उक्त कार्यक्रममा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको सभापतित्व गणेश गोतामे परियारले गरेका थिए भने उपस्थित सबैलाई समाजका पूर्व अध्यक्षले स्वागत गरेका थिए । – सन्जु सुन्दास, दमौली

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित