मुख थुन्दै गिरफ्तार भइ जेल चलान भएका रिहा

चैत्र १४, काठमाडौं । २०७९ चैत्र ७ गते मुख थुन्दै गिरफ्तार गरिएका युवाहरु रिहा भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नारावाजी गरेको विरोधमा गिरफ्तार भई जेल चलान भएकाहरु चैत्र १४ गते रिहा भएका छन् । चैत्र ७ गते ५८ औं अन्तर्राष्ट्रिय जातीय उन्मुलन सम्बन्धी समारोहमा जाँदै गर्दा प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका, सोलुखुम्बुका २३ वर्षीय उद्वव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १९ वर्षीय विप्लव खड्का गिरफ्तार भएका थिए । उनीहरुलाई गिरफ्तार गर्ने बेलामा प्रहरीले मुख थुन्दै गिरफ्तार गरेका थिए । चैत्र १२ गते प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएका कारण उनीहरु केन्द्रीय कारागार चलान भएका थिए । उनीहरु धरौटी बुझाएर छुटेका छन् ।
लोकतन्त्रमा सर्वसाधारणको मुख थुनेको भन्दै सरकारको निकै आलोचना भएको थियो । उनीहरुसँग धरौटी रकम तोकिनु र जेल जलान गरिनु लोकतन्त्र कै उपहास हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित