काठमाडौं । नेपालका प्रख्यात प्रगतिशील सांस्कृतिकर्मीहरुले संचालन गरेको “राष्ट्रका लागि संगित अभियात्रा–२०७९–२०८०” चैत्र ३ गते बुटवलमा कार्यक्रम सम्पन्न गरी पूर्वतर्फ अगाडि बढको छ ।
अभियान २०७९ चैत्र ४ गते धनगढीबाट सुरु भएको थियो । चैत्र १४ गते सम्म आइपुग्दा अभियान टोलीले कैलालीको धनगढी, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही र राप्ती गाउँपालिका कार्यालय र रुपन्देहीको बुटवलमा कार्यक्रम सम्पन्न गरिसकेको छ । ती सबै स्थानका कार्यक्रमहरु निकै भव्य र सानदार रुपमा सम्पन्न भएका छन् ।
संगित अभियात्राको अभियान टोलीले अव २०७९ चैत १६गते – बिपि मेमोरियलको सभाहल भरतपुर चितवन, चैत १८ गते रोयल पार्टी प्यालेस हेटौंडा मकवानपुर, चैत २० गते दिपक पार्टी प्यालेस बर्दिबास महोत्तरी, चैत २२ गते सैनिक भवन धरान सुनसरी, चैत २५ गते साइ पार्टी प्यालेस सिटिसेन्टर बिर्तामोड झापा र चैत २८ गते –उद्योग वाणिज्य संघको सभाहल पोखरा कास्कीमा कार्यक्रम गर्नेछ ।
अभियानको अन्तिम कार्यक्रम टोलीले देशमा क्रियाशील वाम पार्टीहरुका शीर्ष नेताहरुको उपस्थितिका बीच २०८० वैशाख ५ गते प्रज्ञा भवन कमलादी काठमाडौमा गर्ने कार्यक्रम रहेको छ । पश्चिमा छाडा, उपभोक्तावादी संस्कृतिले समाजलाई गाँज्दै गइरहेको परिस्थितिमा यसप्रकारको प्रगतिशील सांस्कृतिक अभियानको विशेष महत्व रहेको छ ।