काठमाडौं । अफगानिस्तानमा महिला शिक्षाको पक्षमा प्रचारमा लागिरहेका अधिकारकर्मी तथा अभियन्तामाथि सरकारले व्यापक दमन गरेको छ ।
अधिकारकर्मीहरुलाई प्रचारमा रोक लगाउने, हिंडडुल गर्दा निगरानी गर्ने, गिरफ्तार गर्ने कार्य गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
अफगानिस्तानमा सन् २०२१ मा तालिवान सरकारमा आएपछि महिलाका अधिकार माथि विस्तारै कटौती गर्दै गइरहेको थियो भने महिलाहरुलाई स्कूल क्याम्पसहरुमा पढ्न प्रतिबन्ध लगाएको छ । यसरी प्रतिबन्ध लगाउनु मानव अधिकारको उल्लंघन हो भन्दै महिला शिक्षाको पक्षमा वकालतकर्मीहरुले विरोध जनाउँदै आएका छन् । महिलाहरुले पनि आफूहरुले पढ्न पाउनु पर्ने माग गरिरहेका छन् ।
तर सरकार भने दिनानु दिन झनै कडा बन्दै गइरहेको छ ।
Comments