चैत्र १७ , काठमाडौ । आज विहानदेखि मिटर ब्याज पीडितहरूसित सरकारी बार्ता टोलीले सिंहदरवारमा बार्ता गर्दैछ।
मिटर ब्याज पीडितहरूको तर्फबाट पाँच सदस्यीय बार्ता टोली गठन गरिएको छ । बार्ताटोलीमा मनोजकुमार पासवान, संघर्ष दाहाल, रामरिझन यादव, श्यामकुमारी कोइरी र छेदिलाल यादब रहेकाछन् । यस भन्दा पहिले नेपाल सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
मिटर ब्याजीलाई कार्बाही गर्नु पर्ने, मिटर ब्याज पीडितलाई न्याय दिनु पर्ने, साहुहरूद्वारा खोसिएका सम्पत्ती फिर्ता हुनु पर्ने लगायतका मागहरू पीडितहरूको छ । विगतमा नवलपरासीबाट आएका मिटर ब्याज पीडितलाई जस्तै बार्ता गरेर समस्याको समाधान नगर्ने त होइन भन्ने आशंका पनि गरिएको छ ।
Comments