प्यूठानबाट मकैको बीउ खोज्दै काठमाडौ

चैत्र १७, काठमाडौ । गत साता प्यूठान लगायत देशका विभिन्न स्थानहरुमा असिना तथा हिमपात भएको थियो । असिनाका कारण उम्रिएका मकै सहितका अन्य अन्नवाली नष्ट भएका छन् । असिनाले नष्ट गरेको अन्नवाली पुनः लगाउने क्रम सुरु भएको छ ।

प्यूठानको गौमुखी गाउँपालिका वडा १, २ र ३ मा पुनः मकै छर्न किसानहरु लागेका छन् । गाउँमा मकैको बीउ नपाएपछि गाउँपालिकाका उपाध्यक्ष महाबिर राना सहितको टोली बीउ खोज्दै काठमाडौ आइपुगेको छ ।

गाउँपालिकाले असिना पीडितहरूलाई राहत दिने बताएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित