आज लघुवित्त र मिटर ब्याज सम्बन्धमा मशालले अन्तरक्रिया गर्दै

चैत्र – १८, काठमाडौ । नेकपा (मशाल) काठमाडौको आयोजनामा “लघु बित्त तथा मिटर ब्याजका समस्या र समाधान” बिषयक अन्तरक्रिया कार्यक्रम मशाल सम्पर्क कार्यालय, बागबजारमा सम्पन्न हुँदैछ ।

लघु वित्त र मिटर व्याज दुवै आर्थिक कारोबार सित सम्बन्धित छन् । नेपालमा अहिले लघुवित्त वैध हो भने मिटरब्याज प्रणाली अवैध हो । लघुवित्तले ब्याजलाई पनि साहुमा थप्दै जाने र प्रकारान्तरले त्यसले पनि मिटरब्याजकै जस्तो शोषणको रुप लिने गर्दछ।

कार्यक्रममा नेकपा ( मशाल) का महासचिव सन्तबहादुर नेपाली, नेकपा ( बहुमत) का गुणराज लोहनी लगायतले मन्तब्य राख्ने र मशालका प्रवक्ता रामबहादुर बुढाले विषय प्रस्तुत कार्यक्रम रहेकाे बताइएकोछ ।

कार्यक्रम दिउँँसाे १२.३० बजेबाट सुरू हुने प्रवक्ताले जानकारी दिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित