चैत्र १८, नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को आयोजनामा “राष्ट्रिय उद्योग संरक्षण अभियान” अन्तर्गत आज नवलपुरको गैडाकोटमा बृहत आमसभा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा (बहुमत)का संयोजक कञ्चनले सभालाई सम्बोधन गर्दै “भृकुटी कागज कारखाना तुरुन्त खोल्नुपर्ने, सरकारले त्यो काम नगरेमा हामी मजदुर लगाएर खोल्न सक्दछौं” भन्दै सबैसित सहयोगका लागि अपिल गरेका थिए ।
कार्यक्रममा नेकपा (मशाल)का पिविएम कृष्णराज पौडेल र नेकपा (माओवादी क्रान्तिकारी)का विकासले राष्ट्रिय उद्योग संरक्षण अभियानको नारा दिएर संचालन भइरहेको कार्यक्रममा आफ्नो समर्थन रहेको भन्दै आफ्ना भनाइहरु राखेका थिए ।
शहिदहरुप्रति एक मिनेट मौनधारण गर्दै सुरु भएको कार्यक्रममको अध्यक्षता दिपक, सञ्चालन आजादले गरेका थिए भने उपस्थित जनसमुहलाई शार्दुलले स्वागत गरेका थिए ।