आगामी बजेट अर्थतन्त्र सुदृढ बनाउनमा केन्द्रित हुनेछ : अर्थमन्त्री महत

काठमाडौं । आगामी बजेट अर्थतन्त्र सुदृढ बनाउनमा केन्द्रित रहने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उनले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने बताए । “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।” उनको भनाई थियो ।
सम्पादक समाजका पदाधिकारीसँग २०७९ चैत्र २३ गते भएको भेटमा अर्थमन्त्री डा. महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी गराए ।
समाजका पदाधिकारीले अर्थमन्त्री डा. महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलालको सहभागिता रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित