नवलपुर । नारायणी नदीले गरेको क्षतिलाई न्यूनिकरण गर्न नारायणघाट र गैंडाकोटमा सूरक्षित तटबन्ध बनाउन आह्वान गर्दै गैंडाकोट बचाउ अभियान संघर्ष समितिले आज दिउँस पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैडाकोटमा चक्काजाम गरेकाे हाे ।
पहुँचको आधारमा नारायणघाट तर्फ नारायणी बगिरहेको आफ्नो नियमित स्थानलाई रोकेर नारायणीको बहाव गैंडाकोट तर्फ धकेल्ने षड्यन्त्र मार्फत तटबन्ध गरिएको बताईएको छ ।
नारायणी तटबन्ध आयोजनाले दुबै तर्फ संरक्षणको नीति नअपनाए नारायणघाट तर्फमात्र तटबन्ध निर्माण गर्न लागेकोमा संघर्ष समिति, गैंडाकोटको आयोजनामा गैंडाकोट पूर्व पश्चिम राजमार्गको पुलचोकमा आधाघण्टा चक्काजाम गरिएकाे हाे । चक्काजाम पछि गैडाकाेट नगरपालिकासम्म जुलुस प्रदर्शन समेत गरिएकाे थियाे ।
समयमा उचित संरक्षण नभएमा आगामी वर्षायाममा गैंडाकोट वार्ड नं १ र २ निवासी मुख्य गरेर बोटेटोल बासिन्दाहरू घरवार विहिन हुनेछन् । त्यतातिर सम्बन्धित पक्षको ध्यान जान जरुरी देखिन्छ ।
गैंडाकोट बचाउ अभियान संघर्ष समितिमा गैंडाकोट नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (मशाल), नेकपा (माओवादी केन्द्र), रास्वपा, राजमो लगायतका पार्टीहरूको प्रतिनिधित्व रहेको छ ।